सङ्क्रमित विद्यार्थीलाई पनि निःशुल्क आयोगको कक्षा चलाउने तयारी

काठमाडौँ, ९ असोज । एपेक्स एजुकेसन एकडेमीले कोरोना भाइरस सङ्क्रमित विद्यार्थीलाई निःशुल्क रुपमा लोक सेवा आयोगको तयारी कक्षा पढाउने भएको छ ।

एकडेमीका अध्यक्ष हरि पौडेलले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सङ्क्रमित विद्यार्थीले सङ्क्रमित भएको सक्कल प्रमाणपत्र लिएर आए निःशुल्क रुपमा छात्रवृत्ति उपलब्ध गराई भौतिक रुपमा उपस्थित हुने आयोगको तयारी कक्षामा सहभागी गराउने बताउनुभयो ।

सरकारी वा निजी विद्यालयबाट कक्षा ११ वा तीन वर्षीय डिप्लोमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिईभिटी) उत्तीर्ण गरेका विद्यार्थीलाई इन्जिनियरिङका लागि पनि पूर्ण रुपमा निःशुल्कमा पढ्न पाउने भएका छन् ।

उहाँका अनुसार यसै शैक्षिक सत्रमा आयोगको तयारीका लागि प्रत्येक प्रदेशबाट सातजना गरी जम्मा ४९ जनालाई पूर्ण निःशुल्क छात्रवृत्ति प्रदान गरिने छ ।

यस्तै अन्य सम्पूर्ण अध्यापनरत विद्यार्थीलाई यही शैक्षिक सत्रका लागि ५० प्रतिशत छुटको व्यवस्था गरिएको उहाँको भनाइ रहेको छ । एकडेमीले छात्रवृत्तिका लागि आगामी कात्तिक १० गतेभित्रमा अनलाइन फारम भर्न आग्रह गरेको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖