प्रदेश १ मा आज थप ३२७ जनामा कोरोना संक्रमण पुष्टि,४ को मृ त्यु

विराटनगर, ११ असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३२७ जनामा कोरोना संक्रमण भएको छ । १ हजार १४१ जनाको पीसीआर परीक्षण गर्दा २२६ र ३५४ जनाको एन्टिजेन परीक्षण गर्दा १०१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ८५, मोरङमा ८०, सुनसरीमा ५०, इलाम, धनकुटा र संखुवासभामा २–२, पाँचथर, ताप्लेजुङ, भोजपुर, तेहृथुम र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण भएको हो ।

झापाको विर्तामोडमा २२, मेचीनगरमा १२, दमक र बुद्धशान्तिमा ९–९, अर्जुनधारामा ७, शिवसताक्षी र कनकाईमा ६–६, भद्रपुरमा ४, कमल गाउँपालिकामा ३, गौरादह र हल्दिबारीमा २–२, कचनकवल , बाहृदशी र झापा गाउँपालिकामा १–१, मोरङको विराटनगरमा ३९, सुन्दरहरैचामा १३, बेलबारीमा ९, बुढीगंगामा ६, सुनबर्षी र उर्लाबारीमा ३–३, कटहरीमा २, कानेपोखरी, पथरीशनिश्चरे र रंगेलीमा १–१ र स्थानीय तह नखुलेका २, सुनसरीको इटहरीमा ३७, धरानमा ७, दुहवीमा ३, रामधुनी, बराहक्षेत्र र इनरुवामा १–१, इलामको इलाम नगरपालिका, धनकुटाको पाख्रिबास र संखुवासभाको धर्मदेवीमा २–२, पाँचथरको स्थानीय तह नखुलेका, ताप्लेजुङको श्रीजंगा, भोजपुरको भोजपुर नगरपालिका, तेहृथुमको फेदाप र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज २४० जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १२६ महिला र ११४ पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ जनाको मृ त्यु भएको छ । मृ त्यु हुनेमा २ महिला र २ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।