बजारका ३३ पसलबाट रू २५ हजार ४०० बराबरको लेबल नभएका र म्याद नाघेका सामान बरामद गरी नष्ट

बैतडी, १५ असोज । दशँैतिहार नजिकिएसँगै बजार अनुगमन गर्न थालिएको छ । संयुक्त बजार अनुगमन टोलीले पहिलो दिन आज खोड्पे बजारका ३३ पसलबाट रू २५ हजार ४०० बराबरको लेबल नभएका र म्याद नाघेका सामान बरामद गरी नष्ट गरेको छ ।

जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा प्रकाशसिंह कार्कीका अनुसार विभिन्न किराना पसल, मदिरा पसल तथा होटेलमा गरिएको अनुगमनमा रू छ हजार ६०० बराबरको पेन्टस, रू १४ हजार ५३० बराबरको पेयपदार्थ, रू तीन हजार बराबरको चकलेट, रू ७७५ बराबरको बिस्कुट र रू ४३५ बराबरको अन्य लेबल नभएका र म्याद नाघेका सामान बरामद गरी नष्ट गरिएको हो ।

कालोबजारी नियन्त्रण गर्ने, म्याद गुज्रेका सामग्री बिक्री वितरणमा रोक लगाउने र उपभोक्ता अधिकारका विषयमा जानकारी दिने उद्देश्यले अनुगमन गरिएको हो । व्यापारीलाई म्याद गुज्रेका सामग्री बिक्री नगर्न र उपभोक्तालाई उपभोग्य मिति तथा लेबल हेरेर मात्र खरिद गर्न आग्रह गरिएको छ ।

जिप्रका, पाटन नगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, घरेलु तथा साना उद्योग विकास समिति, पाटन इलाका प्रहरी कार्यालय, खोड्पे प्रहरी चौकीे, बजार व्यवस्थापन समितिलगायत टोलीले अनुगमन गरेको थियो ।

चाडपर्वका बेला हुनसक्ने कालोबजारी रोक्न बजार अनुगमन थालिएको सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले बताउनुभयो । उपभोक्ताको हित तथा कालोबजारी नियन्त्रण गर्ने उद्देश्यले बजार अनुगमन गरिएको र यसबाट व्यापारी तथा उपभोक्ता दुवै सचेत हुने विश्वास गरिएको छ ।

यसअघि गत भदौमा पनि संयुक्त अनुगमन टोलीले दशरथचन्द नगरपालिका, सुर्नया गाउँपालिका र पाटन नगरपालिकाका विभिन्न बजारमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा रू एक लाख ३५ हजारभन्दा बढी मूल्यका अखाद्य तथा म्याद गुज्रेका बस्तु बरामद गरिएको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।