पशुपतिको बाबामाथि खु,कुरी हान्ने व्यक्ति प,क्राउ
काठमाडौँ, १५ असोज ।काठमाडौँस्थित पशुपतिमा बाबामाथि खु,कुरी प्रहार गरी फरार रहेको एक व्यक्तिलाई प्रहरीले आज प,क्राउ गरेको छ ।
काठमाडौँ महानगरपालिका–८ स्थित पशुपतिको विश्वरुपा जाने बाटो छेउमा सन्तोष भन्ने बाबालाई खुकुरी प्रहार गरी फरार रहेका व्यक्तिलाई चितवनको जगतपुर घर भएका ३७ वर्षीय ताराबहादुर लामिछानेलाई प,क्राउ गरिएको हो ।
उनलाई आज काठमाडौँको बूढानीलकण्ठस्थित हेपाली हाइटबाट प,क्राउ गरिएको हो । उनका साथबाट घटनामा प्रयोग भएको खुकुरी र झोला बरामद भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिनुभयो ।


