बिरामी बोक्न अझै झोलुङ्गोकै भर पर्नुपर्ने बाध्यता

सर्लाही, १६ असोज । भौगोलिकरूपले विकट सर्लाहीको चुरे क्षेत्रका वासिन्दाले बिरामी बोक्न अझै झोलुङ्गोकै भर पर्नुपर्ने बाध्यता छ । सडककोे अभव र खोलानालामा पक्की पुल नबन्दा यहाँको बस्तीमा बिरामी बोक्न अझै पनि झोलुङ्गोको प्रयोग भइरहेको हो ।

दिगो सडक सञ्जालमा अझै जोडिन नसकेको र कमजोर भौगोलिक बनावटका कारण पटकपटक बनाइएको कच्ची सडकसमेत हरेक वर्षामा बग्ने गरेको छ । वर्षाका बेला खोला तरेर झोलुङ्गोमा बिरामी लैजान पनि कठिन हुँदै आएको छ । दैनिक उपभोग्य सामग्री ल्याउन समस्या हुनाका साथै उत्पादित खाद्यपदार्थ बजार लान समस्या हुने स्थानीयवासी चर्तुमान घिसिङले बताउनुभयो ।

गाउँमा कोही बिरामी परे यसरी नै मिलेर झोलुङ्गोमा पालैपालो बोकेर पूर्वपश्चिम लोकमार्ग छेउछाउका स्वास्थ्य संस्थामा पु¥याउन हामी बाध्य छौ तर खोलामा बाढी आउँदा भने ज्यान नै जोखिममा पारेर बिरामी तथा दैनिक उपभोग्य सामग्री पार लगाउनुपर्ने बाध्यता रहेको अर्का स्थानीयवासी चन्द्र वाइबाको भनाइ थियो ।

जिल्लाको लालबन्दी, ईश्वरपुर, हरिवन र वाग्मती नगरपालिकाको चुरे भेगका बस्तीमा यस्तो समस्या अझैसम्म विद्यमान छ । ती क्षेत्रमा भरपर्दो स्वास्थ्य संस्था नहुँदा बिरामीलाई झोलुङ्गोमा बोकेर लैजानुपर्छ तर कहिलेकाही बाढी आएर बगाउने अवस्था रहेको लालबन्दी नगरपालिका–१४ का वडाध्यक्ष सुवाई सिंह ब्लोनले बताउनुभयो ।

प्रदेश २ कै कर्णाली भनेर चिनिने नारायण खोलामा बाटो बनाउने काम भई रहेको छ भन्दै नगर प्रमुख मानबहादुर खड्काले त्यहाँको विकास लागि आफूहरुले सबै शक्ति लगाएर कार्य गरिरहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार स्थायी बाटो बनाउने योजना बनाइएकामा यो वर्ष १४ किलोमिटर बाटो निर्माण भइसकेको र पुलका लागि टेण्डर आह्वान भइसकेको छ । चाडपर्वमा स्थानीयवासीलाई आवतजावतमा समस्या हुन नदिन तत्काल अस्थायी बाटो तयार पारिने छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖