सर्वसाधारणलाई खाद्यान्न छुट

सिमकोट, १७ असोज । नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाले छुटमा खाद्यान्न बिक्री सुरुआत गरेको छ ।

कम्पनीले जिल्लाको सिमकोट गाउँपालिका–१ देखि ८ सम्मका नागरिक तथा बजारवासीलाई दशैँ–तिहारलक्षित गरेर प्रतिकेजी रु पाँच छुटमा खाद्यान्न बिक्री गरिरहेको छ । जिल्लामा पहिलोपटक सो पालिकामा दशैँ–तिहारका अवसरमा छुटमा खाद्यान्न बिक्री सुरु गरिएको लिमिटेड सिमकोट शाखाका प्रमुख कृष्णप्रसाद अधिकारीले जानकारी दिनुभयो

केन्द्रबाट दुई हजार ३०० क्विन्टल खाद्यान्नमा छुट दिने परिपत्रअनुसार प्रतिक्विन्टल रु ५०० छुटमा बिक्री वितरण गरिएको उहाँले बताउनुभयो । जिल्लामा २५ र ३० केजी बोराका चामल वितरण गरिँदै आएको छ । यसले गर्दा सेवाग्राहीले २५ केजीमा रु १२५ र ३० केजीमा रु १५० छुट पाएका भएका छन् भने एक क्विन्टल खाद्यान्न खरिद गर्दा रु ५०० छुट पाएका हुन् ।

कम्पनीले ३० केजीको खाद्यान्न बिक्री वितरण गरिरहेको छ । यसमा प्रतिबोरामा रु १५० छुट दिइएको छ । जिल्लामा रहेका अन्य डिपो तथा बिक्री केन्द्रमा भने स्थायी कर्मचारी नभएका कारण छुटको खाद्यान्न बिक्री नगरिएको छैन । ती डिपो तथा बिक्री केन्द्रमा खाद्यान्न हाल नभएको शाखाले जनाएको छ ।

हुम्लाका नाम्खा, खार्पुनाथ, सर्केगार्ड, चंखेली, अदानचुली र ताँजाकोटमा गरी आठवटा डिपो र बिक्री केन्द्र छन् । सदरमुकाम सिमकोटमै रहेको कम्पनीको कार्यालयबाट मात्रै छुटमा बिक्री सुरु गरिएको छ । यस वर्ष छुटमा खाद्यान्न बिक्री हुँदा यहाँका नागरिक खुसी छन् । छुटले धेरै राहत मिलेको स्थानीय कमल भण्डारीले जानकारी दिनुभयो ।

हरेक वर्ष दशैँ–तिहारजस्ता चाडबाडमा कम्पनीबाट सर्वसाधारणलाई छुटमा खाद्यान्न बिक्री गर्न निर्देशन आउने गरे पनि यसअघि कहिल्यै उक्त खाद्यान्न बाँड्ने गरिएको थिएन ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।