दसैँ, तिहार र छठपर्वलाई लक्षित गरी नयाँ सुरक्षा योजना लागू

डोटी, १८ असोज। जिल्ला प्रशासन कार्यालयले दसैँ, तिहार र छठपर्वलाई लक्षित गरी नयाँ सुरक्षा योजना लागू गरेको छ । नेपालीको प्रमुख चाड दसैँ तिहारका बेला जिल्लाभित्र शान्तिसुरक्षा कायम राख्नका लागि नयाँ योजना लागू गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “चाडपर्वमा नागरिकले दुःख नपाउन् भनेर हामीले सुरक्षा योजना बनाएका छौँ, ढुक्कसँग बिना भीडभाड घरैमा पर्व मनाउँदा हुन्छ ।”

उहाँका अनुसार उक्त सुरक्षा योजनाअनुसार सार्वजनिक यातायातका साधनमा कोभिड–१९ को सङ्क्रमणको जोखिम बढ्ने गरी क्षमताभन्दा बढी यात्रु राख्न रोक लगाइने र आवतजावतका क्रममा यात्रु ठगिने तथा हैरानी खेप्ने अवस्था आउन नदिन यहाँका विभिन्न ठाउँमा प्रहरी परिचालन गरी चेक गरिने भएको छ ।

यसैगरी यहाँका बसपार्क तथा सार्वजनिक ठाउँमा पनि चौबिसै घण्टा प्रहरी खटिने व्यवस्था मिलाइएको छ भने प्रमुख व्यापारी केन्द्र पिपल्ला तथा राजपुरमा चाडपर्व लक्षित नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय दिपायलमार्फत सचेतनामूलक सन्देश जारी गरिनाका साथै बजारमा हुनसक्ने कालोबजारी, अस्वाभाविक मूल्यवृद्धि र कृत्रिम अभाव हुन नदिन अनुमन गरी कारबाही गरिने उक्त सुरक्षा योजनामा समावेस गरिएको छ ।

कोभिड सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै मेला, महोत्सव, साङ्गीतिक कार्यक्रम तथा बढी भीडभाड नगर्नसमेत प्रशासनले सबैमा आग्रह गरेको छ । जिल्लामा जुवा, तास खेल्ने र मदिरा सेवन गर्ने कार्य रोक्नका लागि प्रहरीले निरन्तर अनुगमन गर्ने गरी प्रहरी परिचालन भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरीक्षक दानबहादुर मल्लले बताउनुभयो । सुरक्षित एवं भयरहित वातावरणमा जनस्वास्थ्य मापदण्डको पालना गर्दै चाडपर्व मनाउन उहाँले सबैमा आग्रह गर्नुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।