सबै विद्यालयलाई कम्प्युटर र प्रिन्टर वितरण

पर्वत, १८ असोज।पर्वतको जलजला गाउँपालिकाले गाउँपालिकाका सबै विद्यालयलाई कम्प्युटर र प्रिन्टर वितरण गरेको छ । गाउँपालिकाभित्र रहेका ४४ वटा विद्यालयलाई उक्त सामग्री वितरण गरिएको हो । गाउँ कार्यपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रबहादुर क्षेत्रीका अनुसार आधारभूत विद्यालय र कक्षा १२ सम्मका विद्यालयको लागि आइसिटी उपकरण सहयोग गरिएको हो ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि तथा प्रविधिको प्रयोगलाई शिक्षणमा जोड्नका लागि गाउँपालिकाले रु ५० लाख बराबरका ल्यापटप र प्रिन्टर वितरण गरेको हो । क्षेत्रीका अनुसार पहिलो चरणमा केही विद्यालय छुटेकाले अहिले बाँकी रहेका विद्यालयलाई पनि सामग्री दिएर पालिकाका सबै विद्यालयमा ल्यापटप र प्रिन्टर दिइएको छ ।

जलजलाभित्र रहेका आठ वटा माध्यमिक विद्यालयलाई थप एक–एक ल्यापटपसमेत दिइएको छ । रु ७० हजारका दरले ५२ वटा ल्यापटपका लागि रु ३६ लाख ४० हजार र ४४ वटा विद्यालयलाई रु ३१ हजार मूल्य परेका रु १३ लाख ६४ हजारका फोटोकपी र स्क्यान सुविधासहितका प्रिन्टर प्रदान गरिएको छ ।

विद्यालयलाई सङ्घीय सरकारले नै इन्टरनेटका लागि वार्षिक रु १२ हजार दिने भएका कारण हरेक विद्यालयले एकीकृत रूपमा विवरण अद्यावधिक गराउन तथा शिक्षण सिकाइमा प्रविधिको प्रयोग गर्नका लागि ठूलो लगानीमा ती सामग्री दिइएको हो ।

विद्यालयका विवरणलाई एकीकृत रूपमा अनलाइनमा राख्ने सम्बन्धी प्रशिक्षण यसअगाडि नै गरिसकिएको भए पनि कम्प्युटरबाट गर्न सकिने अन्य कामबारे सिकाउन पुनः गाउँपालिकास्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न लागिएको गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले बताउनुभयो ।

“शिक्षकको मागअनुसार नै हरेक विद्यालयलाई ल्यापटप दिएका छौँ, अब अनुगमनमा त्यो छोपेर राखेको देख्न नपरोस् । आसा छ सबै सरहरूले अधिकतम प्रयोग गर्नुहुनेछ”, उहाँले भन्नुभयो, “हामी शिक्षामा बढी केन्द्रित छौँ, यही कारण उपकरण प्रदानदेखि भौतिक पूर्वाधार निर्माणका काम पनि गरिरहेका छौँ ।”

वडा नम्बर– ९ बनौंको बनौँ माध्यमिक विद्यालयका शिक्षक ज्योतिन्द्र शर्माले आफूहरूले यसअगाडि नै गाउँपालिकाले पहिलो चरणमा बाँडेका उपकरण लगेको बताउँदै स्थानीय सरकारको सहयोगले विद्यालयलाई प्रविधिमा जोड्न सहज भएको बताउनुभयो ।

इन्टरनेट र ल्यापटपको सुविधाका कारण विद्यालयमा प्रशासनिक कामसमेत अनलाइनमार्फत भइरहेको उहाँको भनाइ छ । “पछिल्लो समयमा विद्यालयका अरू काम पनि अनलाइनबाट भइरहेका छन्”, शिक्षक शर्मा भन्नुहुन्छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।