बैतडी अस्पतालमा आइपुग्यो अक्सिजन प्लान्टको सामग्री

बैतडी १८ असोज/गत असार मसान्तमै स्थापना हुनुपर्ने जिल्ला अस्पताल बैतडीमा अक्सिजन प्लान्टका लागि आवश्यक केही सामग्री बल्ल आइपुगेको छ । सबै सामग्री आएपछि प्लान्ट जडानको काम सुरु हुने अस्पतालका सूचना अधिकारी हरिश पन्तले बताए ।

‘सबै सामग्री आइपुगेपछि जडानको काम सुरु हुन्छ । अब प्लान्ट जडान हुने कुरामा ढुक्क भइएको छ । यसअघि सामग्री समयमा नआउँदा अन्याेल थियो’, उनले भने .

जिल्ला अस्पताल बैतडीमा गत असारमै प्लान्ट स्थापनाका लागि संघीय सरकारबाट एक करोड ५० लाख र सुदूरपश्चिम प्रदेश सरकारबाट ८० लाख रुपैयाँ प्राप्त भएको थियो ।

गत असारभित्र प्लान्ट निर्माण सम्पन्न गर्ने गरी हेल्थ केयर सप्लायर्स काठमाडौं र अस्पतालबीच सम्झौता भएको थियो । तर, सप्लायर्स कम्पनीको लापरबाहीका कारण प्लान्ट जडानमा ढिलाइ भएको हो ।

लामो समयसम्म अक्सिजन प्लान्ट जडानको काम सुरु नभएपछि अन्याेलता कायम रहेकोमा अब छिट्टै प्लान्ट जडान हुने जिल्ला अस्पतालका प्रमुख डा‍. वसन्तराज जोशीले बताए । अक्सिजन प्लान्ट स्थापना भएपछि कोरोनाका मात्रै नभएर अन्य बिरामीहरूका लागि पनि सहज हुने उनले बताए ।

जिल्लामा अक्सिजन प्लान्ट नहुँदा कोरोनाको दोस्राे लहरका बेला धेरै बिरामीहरूलाई रेफर गर्नुपरेको थियो । जिल्लामा अहिलेसम्म कोरोनाका कारण १८ जनाको ज्यान गइसकेको तथ्यांक छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।