आफ्ना छोराछोरीलाई भर्ना गराउन अभिभावकलाई हम्मेहम्मे ,सामुदायिक विद्यालय हुनु त यस्तो पो !

नरेन्द्रसिंह कार्की,दार्चुला, १९ असोज । पछिल्लो समय खलङ्गास्थित महेन्द्र नमूना माध्यमिक विद्यालय विद्यार्थीको पहिलो रोजाइमा परेको छ । जिल्ला सदरमुकामस्थित सो विद्यालयमा आफ्ना छोराछोरीलाई भर्ना गराउन अभिभावकलाई हम्मेहम्मे पर्न थालेको छ । अब्बल शैक्षिक गुणस्तर कायम राख्न सकेकै कारण विद्यालयमा विद्यार्थी आकर्षित भएका जनाइएको छ ।

जिल्लाका अन्य पालिकाबाट विद्यालयमा पढ्न आउने विद्यार्थी घट्नाको साटो झन बढेको बढ्यै छ । सुदूपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले समेत सो विद्यालयलाई छनोट गरेको छ ।

सदरमुकाम खलङ्गामै दर्जनांै संस्थागत तथा सामुदायिक विद्यालय भए पनि नमूना माविमा भर्ना गर्नसके अभिभावक पनि खुसी हुन्छन् । सामुदायिक विद्यालय भए पनि विद्यालयले शिशु कक्षादेखि कक्षा १० सम्म अंग्रेजी माध्यममा पढाइ सञ्चालन गरेको छ ।

विद्यालयले २०७४ सालदेखि अङ्ग्रेजी माध्यमबाट पढाइ सुरु गरेको हो । संस्थागत विद्यालयकै जस्तै विद्यार्थी आकर्षण गर्ने टाइ सहितको पोशाक र शैक्षिक विकास गर्ने अन्य गतिविधि यो विद्यालयले गर्नेगर्छ । अङ्ग्रेजी माध्यमबाटै पढाइ सुरु गरेपछि विद्यार्थीको भीड नै लागेको छ ।

चालु शैक्षिक सत्रमा विद्यालयमा आधारभूत तहमा २५८ , कक्षा ६ देखि कक्षा ८ सम्म ६१७ , कक्षा ९ देखि कक्षा १० सम्म ५९३ र कक्षा ११ र १२ मा ७८१ भर्ना भएका छन् । यसैगरी विद्यालयले २०७५ बाट सुरुआत गरेको डिप्लोमा इन सिभिल इञ्जिनीयरिङतर्फ १०४ गरी दुई हजार ४४७ विद्यार्थी भर्ना भइसकेको विद्यालयका प्रधानाध्यापक रामदत्त जोशीले बताउनुभयो ।

अझै पोष्ट डिप्लोमा अन्तर्गत भर्ना प्रक्रिया चलिरहेको छ । विद्यार्थीको चाप बढ्दै गएको छ । उहाँले भन्नुभयो, “सरकारी दरबन्दी विद्यालयमा न्यून छ । हामीसँग १८ शिक्षक र सात कर्मचारी मात्रै सरकारी दरबन्दीका छन् । विद्यालयमा विद्यार्थीको चाप बढ्दै गएपछि हरेक कक्षामा सेक्सन बनाएर चलाउनुपरेको छ । ६८ शिक्षक कार्यरत छन् । ” विद्यालयका अनुसार कक्षा ११ र १२ मा सात ÷सात सेक्सनमा पढाइ सुरु गरिएको छ ।

कक्षा १० मा पाँच, कक्षा ९ मा ६, कक्षा ८ मा चार, कक्ष ७ मा ४ र कक्षा ६ मा ३ सेक्सन छन् । प्रअ जोशीले भन्नुभयो “हाम्रो शिक्षक अनुपातले धान्ने जनशक्तिले ५०० भन्दा बढी विद्यार्थी धान्न सकिने अवस्था छैन । ”

विद्यालयमा विज्ञान, वाणिज्य र शिक्षा सङ्कायमा पढाइ भइरहेको छ । सरकारले २०६२ सालमा विद्यालयलाई नमूना विद्यालय घोषणा गरेको थियो । जिल्लाकै उत्कृष्ट शिक्षण सिकाइ भएको तथा भौतिक पूर्वाधार व्यवस्थापन, शैक्षिक व्यवस्थापनमा विद्यालय अब्बल बन्दै आएको छ । शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख जयराज पन्त महेन्द्र नमूना मावि जिल्लाकाभरीका अभिभावकको भरोसा बनेको जनाउँदै गुणस्तर निरन्तरता राख्नुपर्ने सुझाव दिनुहुन्छ ।

सो विद्यालयमा ९ वटै स्थानीय तहका विद्यार्थी पढ्छन्, उहाँले भन्नुभयो, “अहिले विद्यालयको उचाइ जुनगतिमा पुगेको छ, त्यो निरन्तरता राख्न सक्नुपर्छ ।”विद्यालयका प्रअ जोशीले विद्यालयले शैक्षिक गुणस्तर कायम राख्न निरन्तर अभिभावकसँग सुझाव सल्लाहदेखि अध्यापनको शैलीमा विशेष ध्यान दिएको जानकारीदिनुभयो ।

उहाँले भन्नुभयो, “शिक्षकलाई पनि अपडेट राख्न सबै शिक्षकलाई ल्यापट दिने तयारी गरेका छौं । अभिभावकलगायत सबै क्षेत्रको सहयोग पाएकै कारण विद्यालयले क्षमता भन्दाबढी विद्यार्थीको व्यवस्थापन गर्न सकेका हांै” उहाँले भन्नुभयो,“विद्यालय राम्रंो बनाउनुपर्छ भनेर अभिभावक र जनप्रतिनिधिको पनि साथ छ ।”

विद्यालयले चालू आर्थिक वर्षबाट भारतीय राजदूतावासका सहयोगमा विद्यालय बस सञ्चालनमा ल्याएको प्रअजोशीले जानकारी दिनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।