जिल्लामै पहिलोपटक ‘किचन गार्डेन’ कार्यक्रम सुरु

पर्वत, १९ असोज ।महाशिला गाउँपालिकामा जिल्लामै पहिलोपटक ‘किचन गार्डेन’ कार्यक्रम सुरु गरिएको छ । महाशिला–५ लुङ्खुदेउरालीमा किचन गार्डेन कार्यक्रम सुरु गरिएको हो । हरेक घरधुरीमा उपभोग हुने तरकारी, फलफूललगायत उत्पादनबाट गाउँ, समाज, वडा र सिङ्गो पालिकालाई आत्मनिर्भर गराउने उद्देश्यले उक्त कार्यक्रम सुरु गरिएको हो ।

यस वर्षदेखि सुरु भएको कार्यक्रमअन्तर्गत वडा नं ५ का सबै घरधुरीलाई साग, मुला, सिमी, धनियाँलगायत मौसमी तथा बेमौसमी तरकारीका बीउ वितरण गरिएको वडाध्यक्ष जीवनविक्रम उच्चैले जानकारी दिनुभयो । उहाँका अनुसार वडाभित्रका ६३० घरधुरीलाई बीउ वितरण गरिएको हो । विभिन्न प्रजातिका बीउ गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेल र प्रवक्ता तथा वडाध्यक्ष उच्चैले कृषकलाई वितरण गर्नुभएको हो ।

किचन गार्डेन कार्यक्रमका लागि गाउँपालिकाले यस वर्ष रु एक लाख २५ हजार विनियोजन गरेको वडाध्यक्ष उच्चैले जानकारी दिनुभयो । उहाँका अनुसार अब सबै घरमा उपभोग हुने आवश्यक तरकारी घरमै बाह्रैमास उत्पादन गर्ने उपभोग गरेर बढी भएको तरकारी बिक्री गरी आयआर्जन गर्न सकुन् भन्ने उद्देश्यले यस्तो कार्यक्रम ल्याइएको हो ।

घरमै उत्पादित अग्र्यानिक तरकारी उपभोग गर्दा पालिकाका बासिन्दाको स्वास्थ्यमा फाइदा हुने, दैनिक खर्चसमेत बचत हुने र घर वरिपरिको वातावरण सफा हुने भएकाले पनि यो कार्यक्रम प्रभावकारी हुने गाउँपालिकाका अध्यक्ष पौडेलले जानकारी दिनुभयो । यो कार्यक्रम जिल्लामै नमूनाका रूपमा अघि बढाइएको उहाँको भनाइ छ । महाशिलाको वडा नं ५ तरकारी उत्पादनको पकेट क्षेत्रका रुपमा विकास हुँदै गएको छ ।

यहाँबाट वार्षिकरूपमा रु एक करोडभन्दा बढीको मौसमी तथा बेमौसमी तरकारी स्याङ्जा, पोखरा तथा सदरमुकाम कुश्मा निर्यात हुने गरेको छ । अहिले किचन गार्डेन कार्यक्रम परीक्षणका रूपमा वडा नं ५ मात्रै सुरु गरिएको र आगामी दिनमा छवटै वडामा विस्तार गरिने जनाइएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।