मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य; प्रहरीको काम प्रभावकारी

वाग्मती, २० असोज । वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रहरीले आफ्नो छविमा व्यापक सुधार गरेको बताउनुभएको छ ।

प्रहरी दिवसका अवसरमा आज वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री शाक्यले भौतिक तथा प्राविधिकरुपमा सम्पन्न नभए पनि प्रहरीले आफ्नो काम र सेवालाई प्रभावकारी बनाएको बताउनुभयो ।

मुख्यमन्त्री शाक्यले प्रहरीको व्यावसायिकता वृद्धि गर्न प्रदेश सरकार पूर्णरुपमा तयार रहेको धारणा राख्नुभयो । उहाँले प्रहरीभित्र भएका बेथितिलाई न्यूनीकरण गर्दै प्रहरी सङ्गठन व्यावसायिक, मर्यादित तथा सबैको सहयोगी सङ्गठनको रुपमा विकास हुनुपर्नेमा जोड दिनुभयो ।

आन्तरिक मामिला तथा कनूनमन्त्री डा अजयक्रान्ति शाक्यले प्रदेश सरकारले नेपाल प्रहरीका लागि ४० भन्दा बढी भवन निर्माण गरिसकेको तथा सवारीसाधन उपलब्ध गराएको र चालू आर्थिक वर्षका लागि रु ४५ करोड बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।

प्रदेश सरकारले प्रहरी ऐन जारी गरिसकेको अवस्थामा प्रहरी समायोजनको काम अगाडि बढाइनुपर्ने उहाँको धारणा थियो । प्रदेश प्रहरी कार्यालय, हेटौँडाका प्रमुख प्रहरी नायब महानिरीक्षक प्रकाशजङ्ग कार्कीले प्रहरीको काम र सेवाको प्रभावकारिताबारे बोल्नुभएको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।