प्रदेश १ मा आज ९३ जनामा कोरोना संक्रमण पुष्टि,२ को मृ त्यु

विराटनगर, २३ असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९३ जनामा कोरोना संक्रमण भएको छ । ३५० जनाको पीसीआर परीक्षण गर्दा ७९ र २३४ जनाको एन्टिजेन परीक्षण गर्दा १४ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २८, सुनसरीमा २७, झापामा २२, धनकुटा र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण भएको हो ।

मोरङको विराटनगरमा २२, सुन्दरहरैचामा ३, जहदा, मिक्लाजुङ र बुढीगंगामा १–१, सुनसरीको धरान र इटहरीमा ९–९ , दुहवीमा ४, इनरुवामा ३, बराहक्षेत्र र स्थानीय तह नखुलेका १–१, झापाको भद्रपुरमा १२, दमकमा ४, विर्तामोड, मेचीनगर, कनकाई, गौरादह, कमल गाउँपालिका र स्थानीय तह नखुलेका १–१, धनकुटाको धनकुटा नगरपालिका र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण भएको सामाजिक विकास मन्त्रालयलले जनाएको छ ।

प्रदेश १ मा आज २७९ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १४३ महिला र १३६ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ महिलाको मृ त्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।