‘लिम्बू पहिचान : मौलिक याक्थुङ पहिचानको खोजी’ सार्वजानिक

प्रकाश पाक्साँवा/तेह्रथुम । डीबी आङबुङ, टेक लावती र टंक सेलिङले सम्पादन गरेको ‘लिम्बू पहिचान : मौलिक याक्थुङ पहिचानको खोजी’ नामक पुस्तक सार्वजनिक भएको छ ।

१२औँ राष्ट्रिय जनगणनाको प्रश्नावलीमा समेटिएका जातीय पहिचानका विषयप्रति समुदायमा हुने गरेको अन्योललाई स्पष्ट पार्ने सामग्रीसहित पुस्तक प्रकाशनमा ल्याइएको मुन्धुम एकेडेमीका अध्यक्ष तथा सम्पादक डीबी आङबुङले जानकारी दिए । उनका अनुसार पुस्तकमा जनसंख्याविद् बालकृष्ण माबुहाङ्ले ‘राष्ट्रिय जनगणना र आदिवासी जनजाति याक्थुङ (लिम्बू)को पहिचान’, नन्द कन्दङ्वाले ‘जनगणनाको राजनीति, लिम्बू आदिवासीमा विवाद र समाधानको उपाय’ शीर्षक लेख र केदार धिमालले ‘आदिवासी धिमाल जातिको पहिचान र जनगणना’ आलेख प्रस्तुत गरेका छन् ।

लिम्बू र धिमाल जातिबीच सांस्कृतिक समानता रहेको पाइन्छ । पुस्तकमा समेटिएका आलेखमध्ये अरुना लिम्बूले ‘लिम्बू जातिमा मातृसत्ता, लोक देवीदेवता र धर्म’, भगिराज इङनामले ‘ऐतिहासिक दस्तावेजमा याक्थुङ्, लिम्बू र किरात’ शीर्षकमा लेखेका छन् ।

डा. चैतन्य सुब्बाले ‘याक्थुङ-लिम्बूहरूको युमा धर्म’, धर्मेन्द्र नेम्बाङले ‘बहुल रङ्गवादी दृष्टिकोणमा जाति, भाषा, धर्म र संस्कृति’, दिलेन्द्र कुरुम्बाङले ‘मौलिक पहिचानको बहस’, डा. कमल तिगेलाले ‘आदिवासी लिम्बूको जाति, भाषा, धर्म र किरात धर्म’ शीर्षक आलेख लेखेका छन् ।

यसैगरी खगेन्द्र माखिमले ‘पुरानो राज्यसत्ताको निरन्तरता कि परिवर्तन ?’, कृष्णविक्रम नेम्बाङले ‘प्राचीन किरात को हुन् र कुन सभ्यताबाट फैलिएका थिए ?’, लछामी शेर्मा पापोले ‘किरात धर्मको आत्मसमीक्षा’, मधुराज केरुङले ‘सांस्कृतिक पुनर्जागरण अभियान र लिम्बू जातिको जागरणपथ’ विषयमा लेखेका छन् ।

यसरी नै टंक सेलिङको ‘मौलिक मुन्धुम र धर्ममा वैज्ञानिक अवधारणा’ र टेक लावतीको ‘लिम्बूवानमा विभिन्न धार्मिक पन्थहरूको उद्भव, द्वन्द्व र कारकतत्त्व’ शीर्षक लेख समेटिएका छन् । मुन्धुम एकेडेमीले प्रकाशन गरेको पुस्तकमा १५ जना लेखकका लिम्बू (याक्थुङ) जाति र समग्र किरातबारे विविध पक्षमा लेखहरू समेटिएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।