छथरको गाउँ गाउँमा निःशुल्क अल्ट्रासाउण्ड कार्यक्रम

नारायण कुमार राई/धनकुटा,२५ सोमबार । गर्भवती महिलाहरुको लागि छथर जोरपाटी गाउँपालिकाले गाउँ गाउँमा निःशुल्क गामिण अल्ट्रासाउण्ड जाँच कार्यक्रम शुरु गरेको छ ।

पालिकाको स्वास्थ्य शाखाले वडा नं. ३ को ताँखुवा स्वास्थ्य चौकीबाट आईतबार देखि २ दिने कार्यक्रम गरेर यसको शुरुवात गरेको छ ।

पालिकाका स्वास्थ्थ शाखा प्रमुख सुन्दरमान डंगोलको अध्यक्षता भएको कार्यक्रममा पालिका उपाध्यक्ष भीमकला श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रमको शुभारम्भ गरिएको हो ।

अल्ट्रासाउण्ड जाँचको पहिलो दिन १५ जना गर्भवती महिलाहरुले जाँच गराएको ताँखुवा स्वास्थ्य चौकीका प्रमुख पुष्पराज ओझाले जानकारी दिनुभयो ।

२४ गतेबाट शुरु गरिएको निःशुल्क गामिण अल्ट्रासाउण्ड जाँच कार्यक्रम कार्तिकबाट सबै वडामा सन्चालन गरिने स्वास्थ्य शाखा प्रमुख डंगोलले जानकारी दिनुभयो ।

अल्ट्रासाउण्ड जाँच कार्यक्रम शुरु भएका सबै ६ वडाहरुमा महिनाको १ पटक निःशुल्क गामिण अल्ट्रासाउण्ड जाँच कार्यक्रम सेवा दिईने स्वास्थ्य शाखाले जानकारी दिएको छ ।

पालिका,प्रदेश सरकार र करुणा फाउण्डेशनको सहकार्यमा अपांङ्गता रोकथाम कार्थक्रम अन्तर्गत यो कार्यक्रम सन्चालन गरिएको हो ।

ग्रामिण तथा दुर्गम क्षेत्रका गर्भवती महिलाहरुको अबस्था बेलैमा पत्ता लगाई आमा तथा नवजात सिशुको मृ त्युदर घटाउन यो कार्यक्रम लागु गरिएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖