ज्येष्ठ नागरिकलाई निःशुल्क उच्च रक्तचाप र मधुमेहको औषधि

ललितपुर, ५ कात्तिक ।गोदावरी नगरपालिकाले यहाँका ज्येष्ठ नागरिकलाई निःशुल्करूपमा उच्च रक्तचाप र मधुमेहको औषधि वितरण गर्ने भएको छ । उक्त उमेरका नागरिकको अर्थावस्थालाई ध्यानमा राखी नगरपालिकाले सो सहयोग गर्न लागेको हो ।

गोदावरीमा ७० वर्ष नाघेका व्यक्तिलाई आइतबारदेखि अर्काे सोमबारसम्म बिनाशुल्क उच्च रक्तचाप र मधुमेहको औषधि वितरण गर्न लागिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रेवतीराज कार्कीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामी उमेर ढल्केका यस्ता व्यक्तिलाई दैनिक सेवन गर्नुपर्ने औषधि सहयोग गरी परिवारसँगै भर पर्नुपर्ने अवस्थाको अन्त्य गरिदिन लागेका छाँै, नगरपालिकाले पहिलोपटक अघि बढाएको यो कामका लागि खरिद गरिएको औषधि हरेक नागरिकलाई दामासाही हिसाबले वितरण गर्नेछाँै ।” सो काम गोदावरीका प्रत्येक वडामा बिहान ११ देखि दिउँसो साढे ३ बजेसम्म गरिने कार्कीले जानकारी गराउनुभयो।

सो औषधि लिन हरेक नागरिकले आफूहरु ७० वर्ष उमेर पुगेको खुल्ने सरकारी परिचयपत्र अनिवार्य साथमा लिएर आउनुपर्ने नगरपालिकाले अनुरोध गरेको छ । गोदावरीले चालु आर्थिक वर्ष २०७८÷७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दा नगरभित्र रहेका दीर्घरोगीका लागि निःशुल्क औषधि वितरणका साथै अत्यावश्यक तथा आवश्कीय स्वास्थ्य सामग्रीको समेत प्रबन्धको सुनिश्चितता गरिदिने योजना सार्वजनिक गरेको थियो ।

यसैगरी नगरपालिकाले बज्रवाराही चापागाउँ अस्पतालमा सो उमेर नाघेका नागरिकलाई बिनाशुल्क स्वास्थ्य सुविधामा निरन्तरता दिनाका साथै नगर क्षेत्रभित्रका मिर्गाैलाका बिरामीलाई डायलायसिस केन्द्र स्थापना गरी निःशुल्क सोको व्यवस्था तथा सामाजिक सुरक्षा भत्ता पाउने नागरिक तथा गर्भवती र सुत्केरीलाई हरेक वडाबाट तीन–तीन महिनाका लागि मल्टीविटामिनका साथै क्यालसियमसमेत सहयोग गर्ने कुरा नीति तथा कार्यक्रम प्रस्तुत गर्दा बताइएको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।