‘न खेतका धानमा दाना लाग्ने भो, न त बारीको कोदो नै रह्यो’

–तारानाथ आचार्य,बलेवा, ९ कात्तिक । बागलुङमा बेमौसमी वर्षाले कोदो बालीमा ठुलो क्षति पु¥याएको छ । यही कात्तिकको पहिलो साता तीन दिनसम्म भएको भारी बर्षाले लेकमा फुल खेल्दै गरेको कोदो र बेसीमा पाक्दै गरेको कोदोबालीमा क्षति पुगेको हो । वर्षाका कारण बारीमा लगाइएको कोदोबाली सबै ढलेको जैमिनी नगरपालिका–१० राङखानीका किसान निर्मल रानाले जानकारी दिनुभयो । ‘‘फुल खेल्दै गरेको कोदो ढलेपछि दाना लाग्दैन, पशुलाई खुपाउने नल समेत काम नलाग्ने भएर ढलेको छ’’ उहाँले भन्नुभयो ‘‘न खेतको धानमा दाना लाग्ने भो नत बारीको कोदोनै रह्यो ।’’

जिल्लाभर कोदो बालीमा भएको क्षतिबारे विवरण कृषि ज्ञान केन्द्रले सङ्कलन गरिरहेको छ । धान पछिको मुख्य खाद्यान्न बालीका रुपमा रहेको कोदोबालीमा भएको क्षतिले किसान चिन्तित छन् । यसबर्ष धेरै बर्षा भएकाले कोदो पाक्न समय लागेको थियो । ‘‘दाना लागिसक्नुपर्ने बेलामा फुल खेल्दै थियो, अब बर्षा रोकियो छिट्टै छिपिन्छ भन्नेबेला गह्राभरी बनायो’’ उहाँले भन्नुभयो ‘‘अलि तल बेसीमा लगाएको कोदो पाक्ने बेला भएकाले झरेको छ ।’’

ज्ञान केन्द्रका अनुसार जिल्लाभर एक हजार ८ सय हेक्टर जमिनमा कोदोबाली लगाइएको छ । स्थानीय जातका तुलनामा विकसित जातका कोदोमा धेरै क्षति धेरै भएको छ । ‘‘विवरण सङ्कलनको काम भैरहेको छ, अहिलेसम्म लगाइएकोमध्ये २० प्रतिशत कोदोबाली क्षति भएको विवरण तयार भएको छ’’ केन्द्रका प्रमुख भानुभक्त भट्टराईले भन्नुभयो ‘‘भित्र्याउनका लागि काटिसकेको कोदोमा भएको क्षतिको मात्रै विवरण लिइएको छ, बारीमा ठाडो रहेको कोदोमा के कति क्षति भयो भन्न सकिँदैन् ।’’

जिल्लाभर १ सय ३ हेक्टर जमिनको कादोबाली नष्ट हुँदा लाखौंको क्षति किसानले व्यहोर्नु परेको बताइएको छ । अन्य बालीका तुलनामा राहका लागि कोदोबाली कम प्राथमिकतामा पर्ने गरेको किसान चन्द्रमा शर्माले जानकारीदिनुभयो । ‘‘टनेलको गोलभेँडा कुहिँदा सबैको नजर पर्छ, खेतको धान ढलेको सबैले देख्छन् । बारीको कोदोको कसैलाई वास्ता हुँदैन्’’ उहाँले भन्नुभयो ‘‘कोदोकै भरमा वर्षभरीको खर्च चलाउने किसान धेरै छौं, हाम्रो बिल्लीबाठ हुन्छ ।’’ खेत प्रार्याप्त नभएका पानी कम लाग्ने टारीमा कोदो खेती गर्ने चलन छ ।

जिल्लामा ५ हजार ८ सय हेक्टर जमिनमा लगाइएको धानमध्ये एक सयदेखि दुइसय हेक्टरको हाराहारीमा धानबाली नष्ट भएको छ । साठी प्रतिशत खेतमा लगाइएको धान ढलेको केन्द्रको तथ्याङ्क छ । ‘‘धान ढलेको छ, नपुष्टिन सक्छ, उत्पादन घट्ने निश्चित छ’’ उहाँले भन्नुभयो ‘‘अब वर्षा भएन भने अन्यत्र जस्तो क्षति व्यहोर्नु पर्दैन् ।’’ जिल्लाका बरेङ, जैमिनी, ताराखोला र ढोरपाटनमा कोदोखेती बढी हुन्छ भने गलकोट, जैमिनी, बागलुङ नगरपालिका र बडिगाड गाउँपालिकामा धानखेती धेरै हुने गरेको जनाइएको छ । नहर तथा सिंचाइको सुविधा भएका फाँटमा भन्दा बर्षाको पानीका भरमा खेती हुने फाँटहरुमा लगाइएको धानमा बढी क्षति भएको छ ।

बेमौसमी वर्षाले पु¥याएको क्षतिका तथ्यांक सङ्कलन गरेर राहताका कार्यक्रमको तयारी गर्न गृह मन्त्रालयले निर्देशन दिएपछि आज सरोकारवालको बैठक बस्दै छ । जिल्ला प्रशासन कार्यालय नेतृत्वको जिल्ला विपत् व्यवस्थापन समितिको बैठक बसेर क्षति र राहतका बिषयमा छलफल गर्ने केन्द्रका प्रमुख भट्टराईले जानकारी दिनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।