प्रदेश १ मा आज ९४ जनामा कोरोना संक्रमण पुष्टि,५ को मृ त्यु
विराटनगर, ११ कात्तिक । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९४ जनामा कोरोना संक्रमण भएको छ । ५५७ जनाको पीसीआर परीक्षण गर्दा ७० र १५१ जनाको एन्टिजेन परीक्षण गर्दा २४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २८, झापामा २१, सुनसरीमा २० र इलाममा १ जनामा संक्रमण देखिएको हो ।
मोरङको विराटनगरमा १९, रतुवामाई र सुन्दरहरैचामा ३–३, उर्लाबारी, कटहरी र लेटाङमा १–१, झापाको मेचीनगर, विर्तामोड र भद्रपुरमा ३–३, गौरादह, अर्जुनधारा र दमकमा २–२, बुद्धशान्ति, कनकाई, गौरीगञ्ज, शिवसताक्षी र कमल गाउँपालिकामा १–१, सुनसरीको इटहरीमा १४, धरानमा ३, इनरुवामा २, दुहवीमा १ र इलामको इलाम नगरपालिकामा १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आज ६३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २६ महिला र ३७ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाको मृ त्यु भएको छ । मृ त्यु हुनेमा १ महिला र ४ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यो पनि पढ्नुहोस्…. आकांक्षी धेरै भएपछि भक्तपुरका चारवटै पालिकाको नेतृत्व चयनमा एमालेलाई सकस
भक्तपुर, ११ कात्तिक (रासस) : पदाधिकारीदेखि सदस्यसम्ममा आकांक्षी धेरै भएपछि नेकपा (एमाले)को नगर अधिवेशनमा जिल्लाका चारवटै नगरपालिकामा नेतृत्व चयन गर्न सकस भएको छ । एमालेको भक्तपुर, मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण नगर कमिटीको मङ्गलबार प्रथम नगर अधिवेशनको उद्घाटन सम्पन्न गरी बुधबारदेखि चारवटै पालिकामा सुरु भएको बन्द सत्रले साँझ ६ बजेसम्म कुनै पनि पालिकामा नयाँ नेतृत्व चयन गर्न सकेको छैन ।
एमाले जिल्ला अध्यक्ष वचन देउजाले भक्तपुर र मध्यपुरथिमि नगरपालिकामा बुधबार बन्द सत्र सुरु हुन नसकेको जानकारी दिँदै आजदेखि बन्द सत्र सुरु गरिने बताउनुभयो । चाँगुनारायण र सूर्यविनायक नगरपालिकामा बिहानैदेखि बन्द सत्र सुरु गरेर नयाँ नेतृत्वमा सहमतिको प्रयास जारी रहेको उहाँले जानकारी दिनुभयो । उहाँले सकेसम्म चुनाव नगर्ने र सबैको सहमतिमा सर्वसम्मति नेतृत्व चयन गर्ने प्रयास भइरहेको जनाउँदै सहमति हुन नसके प्रजातान्त्रिक पद्धतिबाट निर्वाचनबाट नेतृत्व चयन गरिने बताउनुभयो ।
एमाले चाँगुनारायण नगर कमिटीमा बन्द सत्र सुरु भएपछि नगर प्रमुख सोम मिश्रदेखि अधिकांश जनप्रतिनिधि, पार्टी अध्यक्ष देउजालगायत नेताले बुधबारसम्म पनि सहमतिको प्रयास गरेको तर सहमति हुन नसकेको प्रतिनिधिले जानकारी दिएका छन् । यता सूर्यविनायक नगर कमिटीको बन्द सत्रमा पनि साँझ ६ बजेसम्म सहमतिको प्रयास जारी राखे पनि सहमति हुन नसकेको प्रतिनिधिले बताएका छन् । सबै वडाबाट २७५ प्रतिनिधि छनोट भएर आएकामा नगर अधिवेशनका ७५ सिटका लागि सबैले उम्मेदवारी फाराम भरेपछि थप समस्या भएको जनाइएको छ ।
चारवटै तहमा नेतृत्व मिलाउने प्रयासमा एमालेका नेता महेश बस्नेत, सोम मिश्र, जिल्ला अध्यक्ष देउजा, नेता वासुदेव थापा, मदनसुन्दर श्रेष्ठलगायत लागिपर्नुभएको छ । एमालेको नयाँ विधानअनुसार नगर कमिटी ७५ सदस्यीय हुनेछ । त्यसमा पदाधिकारीमा अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिव चयन हुनेछन् । सोमा ३३ प्रतिशत महिला अनिवार्य रहनुपर्ने र पदाधिकारीमा एक महिला अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ ।
यो पनि पढ्नुहोस्…. कांक्रेविहार गोल्डकप ः पञ्चपुरीको विजयी शुरुआत
कर्णाली, ११ कात्तिक (रासस)ः वीरेन्द्रनगरमा जारी अन्तरपालिकास्तरीय कांक्रेविहार गोल्डकप फुलबलमा पञ्चपुरीले विजयी शुरुआत गरेको छ । बुधबार सम्पन्न उद्घाटन खेलमा पञ्चपुरी नगरपालिकाको टिमले गुर्भाकोट नगरपालिकाको टिमलाई २–०ले हराउँदै विजयको खाता खोलेको हो ।
खेल शुरु भएको १० मिनेटमा पञ्चपुरी नगरपालिकाको टिमले खाता खोल्न सफल भयो । खेलको ३६ औं मिनेटमा पञ्चपुरीका महेन्द्र विकले दोस्रो गोल गरेर टीमलाई अग्रता दिलाउँदै म्यान अफ द म्याच घोषित हुनुभयो । पहिलो आधामा कुनै गोल गर्न नसकेको गुर्भाकोट नगरपालिकाको टिमले दोस्रोमा पनि थुप्रै गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न सकेन । आज हुने दोस्रो खेलमा वीरेन्द्रनगर नगरपालिका र सिम्ता गाउँपालिकाबीच प्रतिष्पर्धा हुनेछ । १४ गतेसम्म सञ्चालन हुने कपमा विजेताले रु. एक लाख र उपविजेताले रु. ५० हजार पुरस्कार, ट्रफी पाउनेछन् ।
यसैबीच राष्ट्रिय उपमेयर कप फुटबल प्रतियोगितामा सहभागी हुने महिला खेलाडीहरुको बिदाइ गरिएको छ । वीरेन्द्रनगर नगरपालिका र जिल्ला फुटबल सङ्घ सुर्खेतले प्रतियोगितामा सहभागी खेलाडीहरुको बिदाइ ग¥यो । उपप्रमुख मोहनमाया ढकालले पूर्ण हौसलाका साथ क्षमता प्रदर्शन गरी जित हासिल गर्न शुभकामना दिनुभयो । यही कात्तिक १२ गते काठमाडौंस्थित राष्ट्रिय फुटबल सङ्घको मैदानमा हुने प्रतियोगितामा सुर्खेतबाट २३ खेलाडी सहभागी हुँदैछन् । दोस्रो चरणको प्रतियोगितामा विजयी भएमा राष्ट्रिय महिला लिगका लागि छनौट हुनेछन् । लिगमा सात प्रदेश, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीसहित १० विभाग रहने बताइएको छ ।


