प्रदेश १ मा आज ५३ जनामा कोरोना संक्रमण पुष्टि,२ को मृ त्यु
विराटनगर, १४ कात्तिक । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५३ जनामा कोरोना संक्रमण भएको छ । ४४१ जनाको पीसीआर परीक्षण गर्दा ४६ र ७१ जनाको एन्टिजेन परीक्षण गर्दा ७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालउले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २०, मोरङमा १३, सुनसरीमा १२ र संखुवासभामा १ जनामा संक्रमण देखिएको हो ।
झापाको गौरादहमा ४, अर्जुनधारा, कनकाई, भद्रपुर र विर्तामोडमा ३–३, दमक र मेचीनगरमा २–२, मोरङको विराटनगरमा ७, सुन्दरहरैचामा २, बुढीगंगा, ग्रामथान, लेटाङ र उर्लाबारीमा १–१, सुनसरीको इटहरीमा ८, रामधुनी र इनरुवामा २–२ र संखुवासभाको खाँदबारीमा १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आज ८५ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ४१ महिला र ४४ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक महिला र एक पुरुषको मृ त्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीको दावी
१४ कात्तिक, धनगढी । नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वमा दावी गरेको छ । सुदूरपश्चिम प्रदेशसभाको ठूलो दल एकीकृत समाजवादीको आइतबार बसेको प्रदेश कमिटीको बैठकले प्रदेश सरकारको नेतृत्वमा दावी गर्ने निर्णय गरेको हो ।धनगढीमा सम्पन्न प्रदेश कमिटी बैठकले प्रदेश सरकारको नेतृत्वका लागि केन्द्रीय कमिटीलाई अनुरोध गर्ने निर्णय गरेको स्रोतले जनाएको छ । ‘हाम्रो पार्टीको प्रदेश कमिटी बैठकले प्रदेश सरकारमा दावी पेस गर्न केन्द्रमा अनुरोध गर्ने निर्णय गरेको छ,’ एक नेताले अनलाइनखबरसँग भने ।
प्रदेश कमिटीका सचिव दिनेशचन्द्र सुवेदीले प्रदेशसभामा सबैभन्दा ठूलो दलको हैसियतले सरकारको नेतृत्व गर्ने विषयमा बैठकमा छलफल भएको जानकारी दिए ।औपचारिक निर्णय भए/नभएकोबारे पुुष्टि नगरेपनि उनले पत्रकार सम्मेलन गरेर विस्तृतमा सबै कुरा जानकारी दिइने बताए । एकीकृत समाजवादी पार्टीको समर्थनमा सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अहिले नेकपा माओवादी केन्द्रले गरिरहेको छ ।५२ सदस्यीय प्रदेशसभामा १४ सांसदसहित एकीकृत समाजवादी पार्टी सबैभन्दा ठूलो दल छ । प्रदेशसभामा माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२, एमालेका सभामुखसहित ११, जनता समाजवादी पार्टी जसपा र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका १–१ सांसद छन् ।
यो पनि पढ्नुहोस् नेकपा एमालेका उपाध्यक्ष भीम रावलले एमालेमा उत्पन्न अन्तरविरोध र समस्या समाधान गर्ने उद्देश्यका साथ १० बुँदे सहमति भएपनि पार्टीका अध्यक्ष केपाी शर्मा ओली आफ्नै प्रतिबद्धताबाट पछि हटेकाले आफुले कार्यदलबाट राजीनामादिएको बताएका छन् ।कार्यदल गठन हुँदा संयोजक नतोकिए पनि यसबारे स्थायी कमिटीमा कुरा उठाएपछि आफू संयोजकमा रहने निर्णय पछि मात्र भएको पनि भीम रावलले बताएका छन् । उनले १० कात्तिकमा कार्यदलको संयोजकबाट राजीनामा दिएका थिए ।
‘एमालेको सिंगो पंक्ति मात्र होइन, वामपन्थी क्षेत्र र जनताको समेत चासो रहेको पार्टी एकताको लागि काम गर्नुपर्ने एमालेको कार्यदलबाट राजीनामा किन दिएँ भन्ने कुरा सम्बन्धित सबैले थाहा पाउनु आवश्यक छ,’ उनले राजीनामा पत्रमा भनेका छन् ।रावलले आफूले स्थायी कमिटी बैठकमै मौखिक रूपमा राजीनामा दिएको बताउँदै पछि लिखित दिने उल्लेख गरेको भन्दै १० बुँदे लिखित राजीनामा पत्र एमाले अध्यक्ष केपी ओलीलाई बुझाएको जनाएका छन् ।
‘१० बुँदे सहमति र अपानि–१२ को कार्यान्वयनमा उत्पन्न हुनसक्ने समस्याको समाधान गर्न गठित कार्यदलमा भएका छलफल र निर्णयको कतिपय ठाउँमा कार्यान्वयन नभइरहेको बेला पार्टी अध्यक्षबाट नै उक्त प्रकारको निष्कर्ष आएपछि प्रयोजनहीन हुने कार्यदलमा बसिरहनुको कुनै तात्पर्य नहुने महसुस गरी मैले तत्काल स्थायी कमिटीको बैठकमै मौखिक रूपमा कार्यदलबाट राजीनामा दिएको घोषणा गर्दै राजीनामाको लिखत अविलम्ब पेस गर्ने जानकारी गराएको थिएँ,’ उनले भनका छन् ।ओलीले भने माधवकुमार नेपाललगायतका नेताहरू एमालेमा रहन्छन् कि भनेर १० बुँदे सहमति गरिएको र त्यसको अब औचित्य सकिएको अभिव्यक्ति दिँदै हिँड्न थालेपछि तेस्रो धारका नेताहरू असन्तुष्ट बनेका छन् ।
पार्टीका दुईजना वरिष्ठ नेताहरूसहित एउटा पंक्ति पार्टीबाट अलग भए पनि उक्त सहमतिलाई कार्यान्वयन गर्दै थप क्षति हुनबाट पार्टीलाई जोगाउन केन्द्रीय कमिटीको बैठकबाट उक्त सहमतिलाई अनुमोदन गर्नुका साथै कार्यान्वयन गर्ने निर्णय गरी पार्टी अध्यक्ष केपी ओलीद्वारा हस्ताक्षरित अन्तरपार्टी निर्देशन(१२ कार्यान्वयनका लागि जारी भएको थियो । त्यसको कार्यान्वयनमा उत्पन्न हुनसक्ने समस्याको समाधानमा भूमिका खेल्न कार्यदल गठन भएको थियो ।


