स्क्र’व टा’इफसबाट गोरखामा पहिलो पटक मान्छेको मृ’त्यु

पोखरा, २२ कात्तिक/पशुमा लाग्ने किर्नाबाट सर्ने स्क्रब टा इफसका कारण गोरखामा एक जनाको मृ त्यु भएको छ । भीमसेन थापा गाउँपालिका-६ थापाटारका ६७ वर्षीय पुरुषको मृ त्यु भएको हो । उनको चितवन मेडिकल कलेजमा उ पचारकै क्रममा मृ त्यु भएको भीमसेन थापा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले जानकारी दिए ।

अचानक ज्व रो बढेपछि उनलाई गोरखा अस्पताल लगिएको थियो । गोरखा अस्पतालले उपचार गर्न नसक्ने जानकारी दिएपछि भरतपुर रिफर गरिएको थियो । अस्पताल लगेको २४ घण्टा नपुग्दै उनको मृ त्यु भएको हाे । उनकाे स्क्रव टा इफसकै कारण मृ त्यु भएको शाखा प्रमुख खनालले पुष्टि गरेका हुन् ।

‘केही दिनदेखि बिरामी हुनुहुन्थ्यो भन्ने परिवारलाई सोधेर थाहा भयो । उहाँको गोरखा अस्पतालले सिएमसीमा रिफर गरेको र त्यहाँ परीक्षणका क्रममा टाईफस पुष्टि भएको जानकारी पाएका छौं’, उनले भने, ‘पालिकाका अरु वडाहरूमा कसैलाई स्क्रव टाइफस छैन । मान्छेको मृ त्यु नै भयो भनेपछि हामी तातेका छौं । स्वास्थ्यकर्मी खटाएर शं का लागेका व्यक्तिहरूलाई परीक्षण गर्छौं ।’

गण्डकी प्रदेशको गोरखा र म्याग्दी यो रो गको हटस्पट थियो । यसअघि आरुघाट गाउँपालिकामा ३५ जनालाई स्क्रव टाईफस पुष्टि भएको थियो । अन्य पालिकामा पनि अलिअलि देखिएका छन् । यद्यपि, अहिले जिल्लाका अन्य पालिकामा पनि यो रोग खासै छैन । स्क्रव टा इफसका कारण मृ त्यु हुने गोरखामा यो नै पहिलो घटना हो । पहिलो पटक बिरामीको मृ त्यु भएपछि अन्य पालिकाहरुले सचेतना बढाएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।