प्रदेश १ र लुम्बिनी हवाइ उडानमा जाेडिए, सौर्यले थाल्याे भैरहवा-विराटनगर नियमित उडान

मोहम्मद हबिब/भैरहवा, २३ कात्तिक । प्रदेश १ र लुम्बिनी हवाइ उडानमा जाेडिएका छन् । सौर्य एयरलान्सले नयाँ गनतव्यको रुपमा भैरहवा-विराटनगर सीधा हवाई उडान सुरु गरेसँगै दुबै प्रदेश जोडिएका हुन् ।

सौर्यले सोमबारबाट लुम्बिनी प्रदेश र प्रदेश १ लाई जोड्न गरी दैनिक उडान सुरु गरेको हो । बुद्ध जन्मस्थल लुम्बिनी भैरहवा सहर र नेपालकै दोस्रो ठूलो सहर विराटनगरलाई जोड्न र द्वयसहरको पर्यटन विकासमा सहजीकरण गर्न दैनिक एउटा उडान राखिएको सौर्य एयरलाइन्सका अध्यक्ष दीपक पोखरेलले बताए । ‘अहिले सुरुवात गरेका छौँ, यात्रुको माग बढेमा दैनिक २-३ वटा उडान सञ्चालन गर्न सकिने छ,’ अध्यक्ष पोखरेलले भने ।

८ वर्ष देखि सेवा दिदै आएको एयरलान्सले ५० सीट क्षमताको जेट विमानबाट दुवै औद्याेगिक तथा पर्यटकीय क्षेत्रलाई जोड्न उडान सुरु भएको सौर्य एयरलाइन्स भैरहवाका स्टेशन म्यानेजर जितेन्द्र यादवले बताए ।

यसअघि कुनै पनि एयरलाइन्सले विराटनगरका लागि भैरहवाबाट नियमित सीधा उडान भरेका थिएनन् । सौर्यले दैनिक भैरहवाबाट दिउँसो ३ बजेर ४५ मिनेटमा विराटनगर उडान भर्नेछ र विराटनगरबाट साँझ ५ बजेर १० मिनेटमा भैरहवा फर्केनेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।