प्रदेश १ मा आज ९५ जनामा कोरोना संक्रमण पुष्टि,४ को मृ त्यु

विराटनगर, २३ कात्तिक । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९५ जनामा कोरोना संक्रमण भएको छ । ५५८ जनाको पीसीआर परीक्षण गर्दा ६९ र ११० जनाको एन्टिजेन परीक्षण गर्दा २६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको हो । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ३८, झापामा १७, सुनसरीमा १०, इलाममा २, संखुवासभा र उदयपुरमा १–१ जनामा संक्रमण भएको हो ।

मोरङको विराटनगरमा २७, सुन्दरहरैचामा ४, पथरीशनिश्चरे र रतुवामाईमा २–२, उर्लाबारी, कटहरी र ग्रामथानमा १–१, झापाको मेचीनगरमा ५, दमकमा ४, विर्तामोडमा ३, हल्दिबारी र भद्रपुरमा २–२, अर्जुनधारामा १, सुनसरीको इटहरीमा ४, धरानमा ३, दुहवीमा २ र रामधुनीमा १, इलामको चुलाचुली र रोङमा १–१, संखुवासभाको चैनपुर र उदयपुरको बेलकामा १–१ जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ३२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १७ महिला र १५ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ महिलाको मृ त्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली लागू नभएसम्म सरकार स्थिर बन्न सक्दैन ः डा भट्टराई
गोरखा, २३ कात्तिक (रासस) ः जनता समाजवादी पार्टीका राष्ट्रिय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली लागू नभएसम्म देशमा स्थिर सरकार बन्न नसक्ने बताउनुभएको छ । गोरखाको शहीद लखन गाउँपालिकाको घैरुङमा आज आयोजित जनभेटघाट कार्यक्रममा डा भट्टराईले अहिलेको शासन प्रणालीले देशमा जति सरकार बने पनि स्थिर सरकार बन्न नसक्ने बताउनुभएको हो ।

“संविधानसभाबाट संविधान बनाए पनि देशमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली नभएसम्म स्थिर सरकार बन्दैन”, उहाँले भन्नुभयो, “जबसम्म योग्य मान्छे, योग्य समूह सबै छानेको प्रतिनिधिले नेतृत्व लिँदैन, त्यो नभएसम्म देशमा सही अर्थमा लोकतन्त्र पनि आउँदैन र विकास र समृृद्धि पनि हुँदैन ।” उहाँले असल व्यक्ति नआएसम्म देशमा परिवर्तन सम्भव नहुने बताउनुभयो ।

उहाँले माओवादीलगायतका दलहरुले अहिलेको संविधानमा सबैथोक पुग्यो भन्नु यथार्थ नभएको भन्दै अहिलेको संविधान पूर्ण नभएको बताउनुभयो । “प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली लागू नभएसम्म संविधानसभाबाट बनेको संविधान पनि पूर्ण छैन”, डा भट्टराईले भन्नुभयो, “संविधान आधा गिलास खाली र आधा गिलास भरिएको जस्तो मात्र भएको छ, प्रत्यक्ष राष्ट्रपतीय प्रणाली लागू गर्न सके मात्र त्यो पूरा हुन्छ ।”

अहिलेको नेपालको सङ्घीयता आफूहरुले खोजेको जस्तो सङ्घीयता नभएको पनि अध्यक्ष डा भट्टराईको भनाइ छ । “विभिन्न जातजाति, भाषा र समुदायले बनेको मुलुक हो, सङ्घीयता भनेको आफ्नो भाषा, इतिहास थातथलो मिल्ने गरी भौगोलिक सीमाङ्कन गरिएको हुनुपर्छ, देश ठूलो भएकाले काँक्रो चिरे जस्तो चिर्ने भन्ने मात्र सङ्घीयता होइन”, डा भट्टराईले भन्नुभयो, “जातीय र भाषिक विविधता भएको देशमा त्यही अनुसार सीमाङ्कन हुनुपथ्र्यो ।”

अर्को प्रसङ्गमा उहाँले हिजोका माओवादी एकता आवश्यक भए पनि पुरानै अवस्था नभई पुराना माओवादी नयाँ ठाउँमा आएर एकता हुनुपर्ने बताउनुभयो । “नयाँ विचारशैली र ढाँचा बोकेको नेतृत्व प्रणाली भएको ठाउँमा जाऔँ, माओवादीको हिजोको विचारले मात्र पुग्दैन”, उहाँले भन्नुभयो, “सबै माओवादी एकै ठाउँमा आएर हिजोकै ठाउँमा फर्कने भन्ने कुरा भावनात्मक कुरा मात्र हो ।”

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।