तीन प्रदेशमा नयॉं प्रदेश प्रमुख नियुक्त,प्रदेश १ मा खापुङ

काठमाडौं, २३ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले परशुराम खापुङ, तिलक परियार र देवराज जोशी प्रदेश प्रमुखमा नियुक्त गरेकी छन् । मन्त्रिपरिषद्को निर्णयअनुसार मंगलबार राष्ट्रपति भण्डारीले प्रदेश १ मा खापुङ, कर्णाली प्रदेशमा परियार र सुदूरपश्चिम प्रदेशमा जोशीलाई प्रूदेश प्रमुखमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रपति भण्डारीले नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८÷७÷२२ गतेको बैठकको निर्णय एवं सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम खापुङ, परियार र जोशीलाई प्रदेश प्रमुखमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।

छठको दोस्रंो दिन खरना, छठ पूजाको तयारी पूरा
काठमाडौँ, २३ कात्तिक (रासस) ः कार्तिक शुक्ल पञ्चमीका दिनमा आज छठका व्रतालु निर्जल उपवास बसी ‘खरना’ को विधि पूरा गर्दैछन् । निर्जल उपवास बसेका व्रतालुले आज बेलुकी घरमा खीर बनाई चन्द्रमालाई अर्पण गरी एक छाक खान्छन् । यसलाई खरना भन्ने गरिएको काठमाडौँमा छठ मनाउँदै आउनुभएका गुह्येश्वरी गौरीघाट छठ पूजा समितिका सदस्य अनिल सिंह बताउनुहुन्छ । पञ्चमीका दिन आज राजधानीमा छठ मनाइने गुह्येश्वरी गौरीघाट क्षेत्र र कमलपोखरीमा विशेष चहलपहल छ ।

गुह्येश्वरी गौरीघाट क्षेत्रमा बुधबार अस्ताउँदो सूर्यको पूजा आराधना गरी अघ्र्य चढाउन ६७५ वटा छठ घाटअर्थात् पूजा स्थल बनाइएको उहाँले सुनाउनुभयो । यसमध्ये ३० वटा घाट भने निःशुल्क दिइने छ । बाँकी घाट लिन चाहनेले रु एक हजार १०० शुल्क बुझाउनुपर्ने समितिले जनाएको छ ।

गत वर्ष कोरोना महामारीका कारण गुह्येश्वरी गौरीघाट क्षेत्रमा बृहत्रुपमा छठ नमनाइएकाले वाग्मती नदीलाई सम्याएर व्यवस्थित बनाउन असहज भएको समिति सदस्य सिंहले सुनाउनुभयो । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति र पशुपति क्षेत्र विकास कोषसँग समन्वय गरेर नदी क्षेत्र सम्याउने, सरसफाइलगायत काम सकी छठको तयारी पूरा भएको छ । कमलपोखरीमा भने यस वर्ष काठमाडौँ महानगरपालिकाको संयोजन एवं समन्वयमा छठ पूजा गरिने जनाइएको छ ।

कार्तिक शुक्ल चतुर्थीदेखि विधिवत् सुरु हुने छठ पर्व सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि विधिवत् रुपमा समापन हुन्छ । गत वर्ष घरको छतमा छठ पर्व मनाएका बर्तालु यस वर्ष पनि कोरोनाको जोखिम केही कम भए पनि पूर्णरुपमा अन्त्य नभएकाले विसं २०७६ मा जति छठ घाट ‘बुकिङ’ गर्न नआएको समितिले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।