काठमाडौँको लागि छुटेको यात्रुबाहक बस इचोकमा दु,र्घटना
सिन्धुपाल्चोक, २४ कात्तिक । जिल्लाको हेलम्बु ७ इचोकबाट काठमा डौँको लागि छुटेको यात्रुबाहक बस इचोकमा दु,र्घटनामा परेको छ । सिन्धु हेलम्बु यातायात प्रालिको बा ४ ख ५८१५ नं को बस हेलम्बुको इचोकमा आज बिहान दु,र्घटना हुँदा एक जनाको मृ,त्यु भएको छ भने पाँचजना घा,इते भएका छन् ।मृ,त्यु हनेमा हेलम्बु– ३ पाल्चोककी ५५ वर्षीया महिला पासाङ तामाङ रहेको इलाका प्रहरी कार्यालय हेलम्बुले जानकारी दिएको छ । घा,इते हुनेमा हेलम्बु ६ का अनुज तामाङ, सोही ठाउँमा पासाङ दोर्जे, साजन तामाङ, जङ्बु तामाङ, हेलम्बु ७ का आयुष पण्डित रहेको इलाका प्रहरी कार्यालय हेलम्बुका प्रहरी नायब निरीक्षक सुनिल थापाले जानकारी दिनुभयो । घा,इतेको उपचारका लागि धुलिखेल अस्पताल लगिएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ । ब्रेक फेल भएर दु,र्घटना भएको इलाका प्रहरी कार्यालय हेलम्बुले जानकारी दिएको छ।
यो पनि पढ्नुहोस्..विराटनगर महानगरपालिकाका प्रमुखबाट दण्डवत् प्रणामको यात्रा शुरु
विराटनगर, २४ कात्तिक ।विश्व शान्ति र मानवकल्याणका निम्ति विराटनगर महानगरपाकिका प्रमुख भीम पराजुलीले सदाझै यसवर्ष पनि छठपर्वमा छठीमाताका लागि दण्तवत् प्रणाम गर्दै घाटसम्म पुग्ने यात्रा आरम्भ गर्नुभएको छ ।विराटनगर महानगरपालिकाको पोखरियास्थित ठूलो मिलको दुर्गा मन्दिरबाट आज बिहान ११ः२७ बजे यात्रा शुभारम्भ गर्दै छठीमाताले विश्वमा फैलिएको कोरोनाको महामारीलाई अन्त्य गर्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले आफूले यात्रा लगातार १८ वर्षदेखि गर्दै आएको र विगत छ वर्षदेखि भतिज पराजुलीले पनि सोही यात्रामा साथ दिँदै घाटसम्म पुग्ने गरेको जानकारी दिनुभयो । परोपकार घाटसम्म पुगेर सूर्यमाताको अघ्र्य दिन तीन किमी ५०० मिटर दूरी पार गर्न करिब पाँच घण्टा लाग्ने र यसैको माध्यमबाट विराटनगरवासीलगायत मानव जातिको कल्याण हुने आफ्नो अटुट विश्वास रहेको प्रमुख पराजुलीले बताउनुभयो ।


