राजतन्त्र चाहिए ज्ञानेन्द्रले राजनीति गरे भइहाल्यो नि: प्रधानमन्त्री देउवा

काठमाडौं, २४ कात्तिक ।प्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्र र संविधान विरोधीसँग सतर्क हुनुपर्ने बताएका छन् । संसारकै समावेशी संविधान बनेको भन्दै प्रधानमन्त्री देउवाले गणतन्त्रको खिलापमा अनेक गतिविधि भइरहेको भन्दै यसमा सबैले ध्यान दिनुपर्ने बताए ।

गणेशमान स्मृति शान्ति प्रतिष्ठानको कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै उनले पछिल्लो समय देशमा राजतन्त्र पुनर्स्थापनाको कुरा आएको भन्दै गणतन्त्र राजा ज्ञानेन्द्रले नै ल्याएको जिकिर गरे । देउवाले राजतन्त्र चाहिए राजनीतिमा आउन पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनौती पनि दिए ।

‘अब कुरा आयो राजतन्त्र पुनर्स्थापना गर्ने । गणतन्त्र राजा ज्ञानेन्द्रले नै ल्याएको हो, हामीले कहाँ ल्याएको हो र?’ देउवाले भने, ‘मैले सरकार सबै चढाउँछु, जे पनि चढाउन तयार छु । तर प्रजातन्त्रविरुद्ध जान सक्दिनँ सरकार भने । तर मलाई थुन्दियो । त्यसकारण एकाएक जनता तातिए । प्रजातन्त्र आइसकेको देशमा । प्रजातन्त्रको पक्षमा गइसकेको छ, त्यसकारण जनता आए । अन्तिम लडाइँ लडे । गणतन्त्र आयो । संविधान बन्यो ।’

गणतन्त्र र संविधानको खिलापमा मान्छे लाग्न सक्ने, सहयोग गर्न सक्ने तथा अनेक गर्न सक्ने भन्दै उनले यसमा आफूहरुले ध्यान दिनुपर्ने बताए । राजतन्त्र चाहिए राजनीति गरे भइहाल्यो नि भन्दै देउवाले थपे, ‘यसकारण प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो । उनीहरु चुनाव लडे भइहाल्यो नि, चुनाव लड्न नसक्ने अनि प्रजातन्त्रको खिलाफ भनेर हुन्छ ? त्यसकारण प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो । अरु केही हुन सक्दैन । अहिले राम्रो संविधान छ । सबैको अधिकार समेटेको छ । केही समस्या छन् भने त्यसलाई हामीले प्रजातान्त्रिक तरिकाबाटै मिलाउनुपर्छ ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖