घाँटी थि,चेर ह,त्या गरेको आ,रोपमा श्रीमान् प,क्राउ

धनुषा, २४ कात्तिक । धनुषामा श्रीमतीको ह,त्या गरेको आरोपमा श्रीमान् प,क्राउ परेका छन् । प,क्राउ पर्नेमा सबैला नगरपालिका–३ का ३५ वर्षीय लालबाबु साफी छन् । साफीमाथि ३० वर्षीया श्रीमती अजमेरी खातुनको ह,त्या गरेको आरोप छ । लालबाबुले अजमेरीको घाँटी थि,चेर ह,त्या गरेको उनका बुबा मोहम्मद आलमको आरोप छ । यही कात्तिक ८ गते राति अजमेरी घरमा मृ,त फेला परेकी थिइन् । आलमले छोरीको हत्या लालबाबुले गरेको किटानी जाहेरी दिएपछि उनलाई प्रहरीले प,क्राउ गरेको हो । इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक राजेश सिग्देलले लालबाबुलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जानकारी दिनुभयो । घटनामा संलग्न भएको आरोपमा लालबाबुका परिवारका अन्य सदस्यमाथि पनि अनुसन्धान जारी छ ।

युवकको श,व फेला

धनुषामा आज एक युवकको श,व फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार जनकपुरधाम उपमहानगरपालिका–१ मा लक्ष्मीनियाँ गाउँपालिकाको सपहीका १८ वर्षीय राजु यादवको शव फेला परेको हो । मृ,तक यादव टिप्परका कामदार हुन् । उनका भाइ झगरु यादवले राजुको टिप्परले किचेर हत्या गरेको आरोप लगाएका छन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो । यादवको श,व परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा ना१८ख १२७५ नंको टिप्परका चालक नागेन्द्र यादवलाई प,क्राउ गरेको छ।

यो पनि पढ्नुहोस्..व्रतालु महिलालाई साडी वितरण
पर्सा, २४ कात्तिक ।छठ पूजा गर्ने दुई हजार ५०० व्रतालुलाई वीरगञ्जका समाजसेवी एवम संविधानसभा सदस्य अनिल रुङ्गटाले साडी वितरण गर्नुभएको छ । वीरगञ्ज महानगरपालिका–१ र २ का व्रतालुलाई करिब रु चार लाख बराबरको साडी बाँड्नुभएको हो । कोरोना सङ्क्रमणका कारण व्यक्तिको आयस्तर कमजोर भएको र बढ्दो महङ्गाइँले व्रतालुलाई छठ पर्व मनाउन समस्या भएको भन्दै उहाँले थोरै भए पनि राहत प्रदान गर्ने उद्देश्यले छपकैयाको दुई वडाका गरिब तथा दलित व्रतालुलाई साडी वितरण गरेको बताउनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖