शहिदभुमीमा मोतिबिन्दुको शल्यक्रिया शिविर शूरु, पहिलो दिन ३१ जनाले लिए सेवा

धनकुटा । धनकुटाको शहिदभुमी गाउंपालिकाना आजदेखि मोतिबिन्दु आँखा अप्रेसन शिविर शूरु भएको छ । शिविरको पहिलो दिन आज गाउँ पालिकाको मोतिविन्दु भएका ३१ जना विरामीको आँखाको शल्यक्रिया गरिएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख फकिर मोहम्मदले जानकारी दिनु भएको छ ।

शिविरको प्रदेश संसद निरन राईले एक कार्यक्रमका बीच उद्घाटन गरिएको गाउपालिका अध्यक्ष मनोज राईको स्वकीय सचिव केशब राईले जानकारी दिनु भयो । आज र भोलि दुई दिन सम्म सञ्चालन हुने आँखा शिविरमा १ सय ४० बढी आँखाको विरामीलाई सेवा दिने लक्ष गाउँपालिकाले लिएको छ ।

शिविर गाँउपालिकाको आयोजना तथा नेत्रज्योति संघ डा राम प्रसाद पोख्रेल आखा अस्पताल धनकुटाको प्राबिधिक र गाउपालिकाको स्वास्थ्य शाखाका स्वास्थ्यकर्मीहरूको सहयोगमा सञ्चालन गरिएको हो । शिविर उद्घाटन कार्यक्रममा बोल्दै १ नं प्रदेश संसद राईले सरकारले स्थ्य सम्वन्धि सेवा नि शूल्क गर्नुपर्ने भन्दै स्थानिय तहबाट यसको शूरुवात गरेकोले जनतालाई सहज भएको वताउनुभयो ।

आगामी दिनमा पनि स्वास्थ्य सेवा नि:शूल्क गर्न आफ्नो तर्फबाट पहल गर्ने उहाँले वताउनुभयो । गाउँपालिका अध्यक्ष मनोज राईको अध्यक्षतामा शूरु भएको शिविरमा प्रशासन प्रमुख राजकुमार शाक्य , स्वास्थ साखा प्रमुख फकिर महोमद वडा अध्यक्षहरू कार्यपालिका सदस्य कर्मचारीहरूको उपस्थिति थियो ।

आँखा सम्बन्धित समस्या भएको मानिसहरू धेरै रहेको र आँखा सम्बन्धि समस्या समाधानका लागि माग भईरहेकोले आखिसल्ला स्वास्थ चौकीमा शिविर राखेको जानकारी दिनुभयो । शिविरबाट गाउँपालिकाको धेरैले दृष्टि प्राप्त गर्ने अध्यक्ष राईले बताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖