जीपको ठ,क्करबाट एक जनाको मृ,त्यु

मकवानपुर, १ मङ्सिर । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–९ मा गए राति जीपको ठ,क्करबाट एक जनाको मृ,त्यु भएको छ । पथलैयाबाट हेटौँडातर्फ आउँदै गरेको ना३च ११९३ नंको बोलेरो जीपले विपरीत दिशाबाट गइरहेको ना३४प ६०४४ नंको मोटरसाइकललाई ठ,क्कर दिँदा एक पुरुषको मृ,त्यु भएको हो । मृ,त्यु हुनेमा मकवानपुरको कैलाश गाउँपालिका–४ कालिकाटारका २४ वर्षीय अबिरल रिजालको मृ,त्यु भएको प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिनुभयो । दु,र्घटनामा परी ग,म्भिर घाइते उनको हेटौँडा अस्पतालमा मृ,त्यु भएको हो । रिजालको शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

आरम्भ चौतारी लघुवित्तमा देउराली गाभियो
काभ्रेपलाञ्चोक, १ मङ्सिर।काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकास्थित आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडसँग रुपेन्देहीको बुटवल उपमहानगरपालिकामा अवस्थित देउराली लघुवित्त वित्तीय संस्था गाभिएको छ ।दुई वित्तीय संस्था गाभिएर मङ्गलबारदेखि आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडकै नाममा एकीकृत कारोबार सुरु भएको छ । एकीकृत कारोबार सुरु भएपश्चात संस्थाको चुक्ता पूँजी रु ३० करोड ६९ लाख २३ हजार र सदस्य संख्या ५२ हजार ४१९ पुगेको संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद शर्माले जानकारी दिनुभयो । संस्थामा ९२ हजार ९५२ ऋणी छन् । यसमा आवद्ध ५२ हजार ९५२ को बचत परिचालन रु एक अर्ब ४७ करोड ६५ लाख ५७ हजार रहेको छ ।

संस्थाको रु पाँच अर्ब ३२ करोड २४ लाख कर्जा लगानी रहेको जनाइएको छ । एकीकृत कारोबारपछि संस्थाले ५२ जिल्लामा १४९ शाखामार्फत सेवा दिनेछ । संयुक्त कारोबारको शुभारम्भ कार्यक्रममा नेपाल राष्ट्र बैंकका सञ्चालक रामजी रेग्मीले नेपालको लघुवित्त वित्तीय संस्थाको सङ्ख्या ६८ रहेकामा अझै बढ्ने भएकाले नेपालजस्तो मुलुकमा कति बैंक तथा वित्तीय संस्था आवश्यक हुन्छ भन्ने विषयमा अध्ययन भइरहेको बताउनुभयो । संस्थाका अध्यक्ष जगतबहादुर पोखरेलले नेपालमा लघुवित्त संस्थासामु ठूलो चुनौती रहेको उल्लेख गर्दै केही नीतिगत समस्या भएकाले त्यसलाई हटाउन वित्तीयविज्ञद्वारा पहल भइरहेको बताउनुभयो।

देउराली लघुवित्तका अध्यक्ष विनोद ज्ञवालीले एकीकृत कारोबारपछि वित्तीय संस्थालाई सबल र सक्षम बनाउँदै अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । सो अवसरमा बनेपा–१० का वडाध्यक्ष चन्द्रबहादुर खड्का, संस्थाका नायब कार्यकारी अधिकृत किरण काफ्ले, विभागीय प्रमुख विमल खनाल, देउराली लघुवित्त संस्थाका सञ्चालक समिति सदस्य दामोदर रेग्मीलगायतले कारोबार सफलताको शुभकामना दिनुभएको थियो । संस्थामा देउराली लघुवित्तका अध्यक्ष ज्ञवालीलाई सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत शिवप्रसाद ज्ञवालीलाई कम्पनी सचिवमा नियुक्त गरिएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖