एमालेमा प्रबेश गरेको छैन,माओवादीमै छु : कार्की
धनकुटा । नेकपा माओवादी केन्द्रका वडा उपाध्यक्ष एवम् नगर सदस्यले आफु एमालेमा प्रवेश गरेको भनेर भ्रम फैल्याईएको बताएका छन् । माओवादी केन्द्र पाख्रीवास नगरपालिका ६ का वडा उपाध्यक्ष एवम् नगर कमिटी सदस्य कुशल कार्कीले प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो बारेमा एमालेले गलत प्रचार गरि भ्रम फैल्याएको उल्लेख गर्नु भएको छ ।
समावेशी, समानुपातिक व्यवस्था मार्फत देशलाई समाजवाद तर्फ अग्रसर गराउने पार्टी माओवादी नै भएको भन्दै आफु यहि पार्टीमा सम्वद रहेको उहाँले विज्ञप्ति मार्फत स्पष्ट पार्नु भएको छ । “समावेशी, समानुपातिक व्यवस्था मार्फत देशलाई समाजवाद तर्फ अग्रसर गराउने पार्टी माओवादी नै हाे, यसरी यहि पार्टीमा आवद्द हुँदाहुँदै ओली प्रवृत्तिको भ्रष्टचारी पार्टी एमालेमा प्रवेश गरेको भन्ने कुरा सरासर गलत हो । म नेकपा माओवादी केन्द्रमै रहेको व्यहोरा अनुरोध छ ´´ कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

यो पनि…एभोकाडो महोत्सव हुंदै
धनकुटा,३ मंसिर । एभोकाडोको राजधानी घोषित धनकुटामा मंसिर ४ र ५ गते हुने दोस्रो एभोकाडो महोत्सवको तयारी पुरा भएको आयोजकले जनाएको छ । एभोकाडो कृषक समुहको आयोजना तथा धनकुटा नगरपालिकाको सहआयोजनामा हुने महोत्सव धनकुटा सदरमुकामको परिचय मोड स्थित एभोकाडो स्तम्भ भएको स्थनमा हुन लागेको छ ।
महोत्सवमा ५० वटा स्टलहरु रहने आयोजकले जानकारी दिएको छ । दुई दिन सम्म चल्ने महोत्सवको पहिलो दिन किसान तथा ब्यपारीहरुका एभोकाडो प्रदर्शन तथा बिक्रीका लागि राखिनेछन् ।
दोस्रो दिन एभोकाडो स्टलका साथै सरोकारवालाहरु बीच एभोकाडोको प्रबद्र्धनका बिषयमा अन्तरक्रिया कार्यक्रम गरिने आयोजक जनाएको छ । वि.स २०७५ सालमा धनकुटा नगरपालिकाले नगरलाई एभोकाडोको राजधानी घोषणा गरेको थियो ।
यो पनि…महिलालाई पदाधिकारीसहित एक तिहाइ सहभागिताको अनिवार्य व्यवस्था गर्न माग
काठमाडौँ : अन्तरपार्टी महिला सञ्जालले हरेक राजनीतिक दलमा महिलालाई पदाधिकारीसहित एक तिहाइ सहभागिताको व्यवस्था अनिवार्य गर्न माग गरेको छ । सञ्जालले निर्वाचन ऐन एवं नेपालको संविधानको पूर्णरुपमा पालना गर्न सम्पूर्ण दलको ध्यानाकर्षण गराएको छ ।
सञ्जालका अध्यक्ष कल्याणी रिजालले आज विज्ञप्ति जारी गर्दै यतिखेर मुलुकका प्रमुख राजनीतिक दलको महाधिवेशन निकट आइरहेको सन्दर्भमा महिलाका सवाल सिङ्गो समाज र राष्ट्रका सवाल भएको उल्लेख गर्नुभएको छ । लैङ्गिक समानता र सामाजिक न्यायमा आधारित समृद्ध, समुन्नत र समतामूलक समाज निर्माण गर्न महिलालाई राजनीतिक दल र राज्य संरचनाका हरेक नीति निर्माण गर्ने थलोमा पु¥याउन अनिवार्य शर्त भएको विज्ञप्तिमा उल्लेख छ ।
संविधानको प्रस्तावना, मौलिक हकको मूल मर्म र भावनाअनुरुप राजनीतिक दल तथा राज्यका सम्पूर्ण निकायमा समानुपातिक समावेशी सहभागितामूलक सिद्धान्तका आधारमा सहभागिता गराइनु वाञ्छनीय हुने सञ्जालले जनाएको छ । लोकतान्त्रिक राज्य व्यवस्थामा राज्यका नीति निर्माण र कार्यान्वयन गर्ने कार्यमा राजनीतिक दलको भूमिका नै महत्वपूर्ण र निर्णायक हुने उल्लेख गर्दै अध्यक्ष रिजालले महिलालाई नीति निर्माण र कार्यान्वयनको अभियानमा सरिक नगराई सिङ्गो रष्ट्र निर्माणको काम पूरा हुन नसक्ने बताउनुभएको छ ।


