नेकपा र माओवादी एकता वार्ता : नारायणकाजीको निवास पुगे विप्लव

काठमाडौं, ५ मंसिर/नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ ।नारायणकाजी भेट्न विप्लव आइतबार विहान उनकै निवास पुगेका थिए । माओवादी केन्द्रसँग एकता गर्ने घोषणा गरेर यसअघि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका विप्लवले आज नारायणकाजीलाई भेटेका हुन् ।

भेटमा पार्टी एकता, आगामी कार्यदिशा, सरकारसँग भएको ३ बुँदे सहमति कार्यान्वयन लगायत विषयमा छलफल भएको श्रेष्ठको सचिवालयले जनाएको छ ।

विप्लवले सुरुमा माओवादीसँग कार्यगत एकता र गर्ने भविष्यमा पार्टी एकता गर्नेगरी अघि बढेका छन् । भेटमा विगतको जनयुद्ध, शान्ति सम्झौता र अन्य समसामयिक विषयमा पनि छलफल भएको श्रेष्ठका सहयोगी सुरेशकाजी श्रेष्ठले जानकारी दिए । उनकाअनुसार विप्लवलाई नारायणकाजीले अंकमाल गरेर स्वागत गरेका थिए ।

काठमाडौँको प्रदेशसभा अधिवेशन सम्पन्न
काठमाडौँ, ५ मङ्सिर (रासस) ःनेपाली कांग्रेस काठमाडौँको प्रदेशसभा अधिवेशन सम्पन्न भएको छ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत काठमाडौँको १० निर्वाचन क्षेत्रअन्तर्गत प्रदेशसभा ‘क’ र ‘ख’ गरी स्थानको अधिवेशन सम्पन्न भएको हो । पार्टीको केन्द्रीय निर्वाचन समितिले शुक्रबारका लागि अधिवेशन कार्यतालिका तोके पनि केही निर्वाचन क्षेत्रमा भने शनिबार नै अधिवेशन सम्पन्न भएको थियो । क्षेत्र नं १ (क) मा प्रल्हादबहादुर कार्की र (ख) मा सुमनकुमार श्रेष्ठ, क्षेत्र नं २ को (क) मा धुव्र अधिकारी र (ख) मा उद्धव खड्का, क्षेत्र नं ३ को (क) मा श्रीराम चालिसे र (ख) मा विमल ठकुरी, क्षेत्र नं ४ को (क) मा विमलकुमार होडा र (ख) मा रामप्रसाद लुइँटेल सभापतिमा विजयी हुनुभएको छ ।

यस्तै क्षेत्र नं ५ को (क) मा दिनेश डङ्गोल र (ख) मा राजु खड्का, क्षेत्र नं ६ को (क) मा ख्यामराज तिवारी र (ख) मा विष्णुभक्त तिमल्सिना, क्षेत्र नं ७ को (क) मा नवीन मानन्धर र (ख) मा वासुदेव लामा सभापतिमा निर्वाचित हुनुभएको छ ।

यसैगरी क्षेत्र नं ८ को (क) मा ईन्द्रमानसिंह सुवाल र (ख) मा शिव खनाल, क्षेत्र नं ९को (क) मा मोहनबहादुर बस्नेत र (ख) मा राजेन्द्र भट्टराई तथा क्षेत्र नं १० को (क) मा शैलेश मानन्धर र (ख) मा धर्मानन्द श्रेष्ठ निर्वाचित हुनुभएको छ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत निर्वाचन क्षेत्रको अधिवेशन मङ्सिर ६ गते, जिल्ला अधिवेशन मङ्सिर १० गते, प्रदेश अधिवेशन मङ्सिर १६ र १७ तथा केन्द्रीय महाधिवेशन मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुँदैछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।