ताप्लेजुङको ग्रामीण क्षेत्रका पाँच जना विद्यार्थीलाई उच्च शिक्षा छात्रवृत्ति प्रदान

ताप्लेजुङ, ५ मंसिर ।ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड)नेपालले यो वर्ष पनि ताप्लेजुङको ग्रामीण क्षेत्रका पाँच जना विद्यार्थीलाई उच्च शिक्षा छात्रवृत्ति प्रदान गरेको छ । विपन्न र जेहेन्दार विद्यार्थीको पढाइलाइ निरन्तरता दिई स्थानीय स्तरमै प्राविधिक जनशक्ति उत्पादन र रोजगारीको अवसर वृद्धि गर्ने उद्देश्यका साथ रिडको कार्य क्षेत्रभित्रका पाँच विद्यार्थीलाई छात्रवृति प्रदान गरिएको हो ।

रिड नेपालका जिल्ला कार्यक्रम प्रबन्धक राजेन्द्र पन्तकाअनुसार यो वर्षको छात्रवृत्तिको कुल रकम ४ लाख ८ हजार रुपैयाँ हुनेछ । पढाइ वर्षका आधारमा विद्यार्थीले यो रकम पाउने भएका छन् ।पन्तकाअनुसार फक्ताङ्लुङ गाउँपालिका वडा नं ६ लेलेपका पेमाडोमा शेर्पाले १ लाख ४४ हजार रुपैंया छात्रवृत्ति पाएकी छन् । दमकस्थित आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हेल्थ असिष्टेन्ट पढिरहेकी उनले ३ वर्षभित्र छात्रवृत्ति रकम पाइसक्ने छन् ।

यस्तै दमक बहुमुखी क्याम्पसमा अध्ययनरत लेलेपकै जीवन लिम्बू र जेभियर इन्टरनेसनल कलेज काठमाडौंमा अध्ययनरत निमा साम्दे शेर्पाले २ वर्षभित्र पाइसक्ने गरी जनही ७२–७२ हजार रुपैयाँ छात्रवृत्ति पाएका छन् । उनीहरु दुबैजना विज्ञान संकायमा अध्ययनरत छन् ।

ताप्लेजुङको सिरिजंगा गाउँपालिका वडा नं १ सिनामस्थित सिनाम बहुमुखी क्याम्पसमा कृषि विज्ञान (जेटिए) अध्ययनरत लेलेपकै सुरेश लिम्बुले २ वर्षभित्र पाइसक्ने गरी ७२ हजार र फुङ्लिङ नगरपालिकास्थित भानु माविमा अध्ययनरत फक्ताङ्लुङ गाउँपालिका वडा नं ४ इखाबुकी अनिता लिम्बुले ४८ हजार रुपैयाँको छात्रवृत्ति पाएका छन् ।

रिड जिल्ला प्रबन्धक पन्तकाअनुसार अहिलेसम्म रिडको कार्यक्षेत्रभित्रका ७३ जनाले यस्तो छात्रवृत्ति पाइसकेका छन् । रिडले छात्रवृत्तिस्वरुप ५० लाख रुपैयाँ खर्च गरिसकेकोसमेत जनाएको छ ।फक्ताङ्लुङ गाउँपालिका-४ इखाबु, ५ तापेथोक, ६ लेलेप, ७ ओलाङ्चुङगोला तथा सिरिजंगा गाउँपालिका-६ मामाङ्खे, ७ खेवाङ र ८ याम्फुदिन रिडको कार्यक्षेत्रमा पर्छ ।

प्रथम कञ्चनजंघा आरोही बेलायती नागरिक जर्ज ब्यण्डको नाममा यो छात्रवृत्ति प्रदान गरिँदै आएको रिड नेपालका शिक्षा विकास अधिकृत रोमा मावो लिम्बुले जानकारी दिइन् । आर्थिक अभावले उच्च शिक्षा अध्ययनलाई निरन्तरता दिन कठिनाइ झेल्ने विपन्न तथा जेहेन्दार विद्यार्थीलाई प्रदान गरिएको यो छात्रवृत्ति पाएर अध्ययन गरेकाहरुले अहिले सरकारी तथा गैर सरकारी सेवामा प्रवेश गरी रोजगार बन्न पुगेका र कोही बिश्व बिद्यालयका विभिन्न तहमा अध्ययन गरिरहेकोसमेत रिडले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।