धनकुटामा १ सहित प्रदेश १ मा आज ४५ जनामा कोरोना संक्रमण पुष्टि,२ को मृ त्यु

विराटनगर, ६ मंसिर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४५ जनामा कोरोना संक्रमण भएको छ । ३८६ जनाको पीसीआर परीक्षण गर्दा ४० र ५० जनाको एन्टिजेन परीक्षण गर्दा ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १६, मोरङमा १३, सुनसरीमा ४, इलाममा ३, धनकुटामा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको हो ।

झापाको भद्रपुरमा ४, दमक र विर्तामोडमा ३–३, बुद्धशान्ति र शिवसताक्षीमा २–२, कनकाई र कमल गाउँपालिकामा १–१, मोरङको विराटनगरमा ७, सुनबर्षी र सुन्दरहरैचामा २–२, रतुवामाई र उर्लाबारीमा १–१, सुनसरीको इटहरी र धरानमा २–२, इलामको सन्दकपुरमा ३, धनकुटाको धनकुटा नगरपालिकामा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज १६ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ६ महिला र १० पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ महिलाको मृ त्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

महानगरको विकासका लागि मन्त्रालयको ध्यानाकर्षण गराउँदै प्रचण्ड
– नारायण अधिकारी/चितवन, ६ मङ्सिर (रासस) ः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर महानगरपालिकाको विकासका लागि विभिन्न मन्त्रालयको ध्यानाकर्षण गराउनुभएको छ । भरतपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको समृद्ध भरतपुरका लागि विकास बहस कार्यक्रममा उहाँले यहाँका महत्वपूर्ण विकासका आयोजनालाई सम्पन्न गर्न सहभागी मन्त्री, सचिव र विभागका महानिर्देशकको ध्यानाकर्षण गराउनुभएको हो ।

महानगरको आधाभन्दा बढी भूभाग अध्यक्ष दाहालको निर्वाचन क्षेत्रमा पर्दछ । कार्यक्रममा उहाँले ८÷१० वर्षभित्र विकासमा भरतपुर महानगर र चितवनले क्रान्ती ल्याउने बताउनुभयो । यसलाई देशव्यापीरुपमा बिस्तार गर्नुपर्ने अध्यक्ष दाहालको भनाइ थियो । नारायणी नदी तटबन्धन गरेर हजारौँ बिघा जमिन संरक्षण गर्न सकिने भन्दै उहाँले यसबाट सुन्दर नगर बनाउन सहयोग पुग्ने बताउनुभयो ।भरतपुर महानगरमा भएको विमानस्थल बिस्तारको काम अघि बढेको, नारायणी नदीमा सिग्नेचर पुलको काम अघि बढाइएको, भूमिहीन सुकुम्बासीलाई लालपुर्जा, निस्सा र स्थानान्तरणको प्रक्रिया अघि बढेको, रिङरोड र लिङ्क रोडको काम अघि वढेको भन्दै देशकै नमूनाका रुपमा भरतपुरमा विकास गति लिएको उहाँको भनाइ थियो ।

आयोजना सम्पन्न गर्न आवश्यक बजेट विनियोजन र सहयोगका लागि उहाँले उपस्थित मन्त्री, सचिव र महानिर्देशकसँग अनुरोध गर्नुभयो । कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई किसानसँग जोडेर काम गर्न उहाँले सुझाव दिनुभयो । देशभरिका जनताको ध्यान चितवनतर्फ आकर्षण भएको भन्दै उहाँले यसका पछि धेरै कारण रहेका छन् भन्नुभयो । उहाँले भन्नुभयो, “यसभित्र केही लुकेको छ । मलाई थप जिम्मेवारी बढाएको छ ।” फरक प्रसङ्गमा उहाँले वामपन्थी एकताका लागि ठूलो सपना देखेको भए पनि त्यो पूरा गर्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “हिजो देखेको सपना विल्कुल गलत होइन । तोड्नका लागि भित्र र बाहिरी जुनजुन शक्ति लागे बुझ्न जरुरी छ ।”

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले भरतपुर महानगरको विकास नमूना योग्य रहेको भन्दै आवश्यक सहयोगका लागि मन्त्रालय सकारात्मक रहेको बताउनुभयो । उहाँले नारायणी नदी तटबन्धनका लागि तीन वर्षमा रु पाँच अर्ब बराबरको काम गर्ने गरी प्रक्रिया अन्तिम चरणमा पुगेको बताउनुभयो । यसबाट चितवनतर्फ १७ किलोमिटर र नवलपरासीतर्फ १८ किलोमिटर तटबन्धन हुने बताउनुभयो । यसै वर्षबाट काम थाल्ने भन्दै उहाँले सुस्ता र गण्डकसम्म नारायणी नदी तटबन्धन गर्न रु २३ अर्ब खर्च लाग्ने र यसलाई बहुवर्षीय आयोजनाका रुपमा अघि बढाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “नारायणी नदी तटबन्ध गरेर सयौँ बिघा जमिन व्यवस्थापन गर्न सकिन्छ ।” उहाँले संरक्षण गरिएको जमिन उपयोग गरेर गरिबीका रेखामुनि रहेकालाई उपयोग गर्न दिन सकिने बताउनुभयो । उहाँले थप्नुभयो, “यसरी गरिबमुक्त महानगर घोषणा गर्न अपिल गर्छु ।”

माडी क्षेत्रका नदी तटबन्धका लागि रु २० करोड स्वीकृत भई कार्यान्वयनको चरणमा अघि बढेको उहाँको भनाइ थियो । जहाँ खेतीयोग्य जमिन त्यहाँ सिँचाइ अभियानका साथ काम अघि बढेको मन्त्री भुसालले बताउनुभयो । माडीमा विद्युत नपुगेका ठाउँमा विद्युतीकरण र भरतपुर महानगरमा भूमिगत तार बिछ्याउनका लागि मन्त्रालयले प्रक्रिया अघि बढाएको उहाँले बताउनुभयो ।

अर्थमन्त्री जनार्दन शर्माले भरतपुर महानगरका महत्वपूर्ण आयोजना सम्पन्न गर्न आवश्यक बजेटका लागि मन्त्रालय सकारात्मक रहेको बताउनुभयो । क्रिकेट रङ्गशाला सम्पन्न गर्न आबश्यक सहयोगका लागि आफू तयार रहेको उहाँको भनाइ थियो । जग्गा खोजी गरेमा भरतपुरमा शिक्षक अस्पताल निर्माणका लागि आवश्यक सहयोग मन्त्रालयबाट हुने उहाँले बताउनुभयो । आफू गठबन्धनको सरकारको मन्त्री रहेकाले गठबन्धन पार्टी र जनताको हितविपरीत काम नगर्ने उहाँले बताउनुभयो । संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री प्रेमबहादुर आलेले पर्यटन क्षेत्रको विकासका लागि कर्मचारीलाई खर्चसहितको बिदा दिने कार्यक्रमलाई कार्यान्वयनमा ल्याइने बताउनुभयो । भरतपुर विमानस्थल बिस्तारका लागि मन्त्रालय सकारात्मक रहेकाले काम हुने भन्दै सहयोगका लागि अर्थ मन्त्रालयसँग अनुरोध गर्नुभयो । अबका दिनमा धेरै गर्नुपर्ने भन्दै उहाँले भन्नुभयो, “गठबन्धनको नेतृत्व गरेकाले शिर कत्ति ननिहुरने गरी काम गर्छु ।”

राज्यमन्त्री उमेश श्रेष्ठले समृद्धिका लागि धेरै सम्भावना रहेको बताउँदै सोच, नीति र ऐन समयअनुसार परिवर्तन हुन जरुरी रहेको बताउनुभयो । उहाँले भरतपुरको विकासका लागि आफ्नो ठाउँबाट आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जमरकट्टेल, अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी, नागरिक उड्डययन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्री, सिँचाइ विभागका महानिर्देशक सुशीलचन्द्र आचार्यलगायतले बोल्नुभएको थियो । सो अवसरमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर महानगरको विकास, अवस्था र अपेक्षा प्रस्तुत गर्दै आफू आएपछि महानगरमा भएका विकासका कामको जानकारी दिनुभएको थियो । कार्यक्रममा सम्बद्ध महानगरका लागि विज्ञसँग सुझाव लिइएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।