सातदोबाटोद्वारा थ्रीस्टार पराजित

काठमाडौँ, १० मङ्सिर । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितअन्तर्गत आज भएको खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लबले थ्रीस्टार क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा सातदोबाटाले थ्रीस्टार क्लबलाई १–० गोलअन्तरले पराजित गरेको हो । यसअघि सातदोबाटोले पहिलो खेलमा फ्रेन्ड्स क्लबसँग गोलरहित बराबरी खेलेको थियो । सातदोबाटोका लागि सुदीप गुरुङले निर्णायक गोल गर्नुभयो । उहाँले खेलको २९औँ मिनेटमा गोल गर्नुभएको हो । जीतसँगै सातदोबाटोले चार अङ्क जोडेको छ । थ्रीस्टारको तीन अङ्क छ । यसअघि पहिलो खेलमा थ्रीस्टारले च्यासल युथ क्लबलाई ३–० गोलअन्तरले पराजित गरेको थियो ।

जयतु संस्कृतम्द्वारा विभिन्न विद्वान्लाई पुरस्कार एवं सम्मान
काठमाडौँ, १० मङ्सिर । जयतु संस्कृतम्ले संस्कृत भाषाका माध्यमबाट पूर्वीय दर्शन, संस्कार र संस्कृतिका क्षेत्रमा योगदान गर्ने विभिन्न विद्वान्लाई सम्मान गरेको छ । जयतु संस्कृतम्ले पशुपति क्षेत्रस्थित शङ्कराचार्य मठमा आज आयोजना गरेको कार्यक्रममा प्रा शिवगोपाल रिसाल, प्राडा विद्यानाथ उपाध्याय, पूर्वसचिव एवं आध्यात्मिक चिन्तक शरदकुमार भट्टराई र पूर्वसचिव केदारबहादुर अधिकारीलाई सम्मान गरेको हो । यसैगरी आजै जयतु संस्कृतम्को धरान शाखाले त्यस क्षेत्रमा प्रतिष्ठित विद्वान् प्रा पुरुषोत्तम भट्टराईलाई सम्मान गरेको छ । कोरोना जोखिम कायमै रहेकाले वृद्ध व्यक्तित्व भट्टराईलाई राजधानी ल्याउन नसकिएकाले धरानमै सम्मान गरिएको हो ।

यसैगरी संस्कृत भाषामा पुस्तक लेख्नुहुने प्राडा लक्ष्मीकान्त पन्थी र प्रा रामहरि दाहाललाई रु ११ हजार १११ राशिसहितको पुरस्कारबाट सम्मानित गरिएको छ । विसं २०७६ फागुन २२ गते नै कार्यक्रम गर्ने गरी तयारी गरिएकामा कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेकाले त्यसबेला स्थगित गरिएको सम्मान एवं पुरस्कार वितरण कार्यक्रम आज आयोजना गरिएको जयतु संस्कृतम् संस्थाका सदस्य सचिव डा नवराज कट्टेलले जानकारी दिनुभयो । संस्थाले प्रत्येक वर्ष संस्कृत भाषामा पुस्तक प्रकाशन गर्ने लेखकमध्ये मूल्याङ्कनका आधारमा उत्कृष्टलाई पुरस्कार प्रदान गर्र्दै आएको छ । यसैगरी संस्कृत भाषाका माध्यमबाट पूर्वीय दर्शनका विभिन्न विधामा योगदान गर्ने विशिष्ट विद्वान्लाई सम्मान गर्दै आएको छ । संस्कृत भाषाले नै संस्कार र संस्कृतिको संरक्षण गर्न सक्ने भएकाले प्रत्येक वर्ष यो सम्मान गर्ने गरिएको हो । संस्कृत भाषाको संरक्षण र प्रवद्र्धनका लागि जयतु संस्कृतम् संस्थाले नियमित रुपमा पुस्तकसमेत प्रकाशन गर्दै आएको छ ।

संस्थाले हालसम्म २० वटा पुस्तक प्रकाशन गरिसकेको छ । छ वटा पुस्तक प्रकाशनको चरणमा रहेको छ । यी पुस्तक पनि छिट्टै प्रकाशनको चरणमा रहेको जनाइएको छ । यसैगरी संस्थाले उत्तर महाभारत ग्रन्थ तयार गरिरहेको छ । संस्कृत भाषाका विद्वान्को समूह यो ग्रन्थ प्रकाशनको तयारीमा रहेको कार्यक्रममा जानकारी दिइएको छ ।नेपालकै पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् विसं २००४ मा भएको थियो । संस्कृतसँगै आधुनिक विषय पनि पठनपाठनको व्यवस्था हुनुपर्ने मागसहित २००४ सालमा तीनधारा संस्कृत छात्रावासका विद्यार्थीले गरेको आन्दोलनपछि राणा शासनको अन्त्य गरी नेपालमा प्रजातन्त्र स्थापना हुनुपर्ने मागमा बदलिएको थियो । आधुनिक विषय अध्ययन गर्न पाउनुपर्ने माग राख्ने विद्यार्थीलाई काठमाडौँ उपत्यकाका चार भञ्ज्याङ कटाएपछि तिनले देशका विभिन्न भागमा राणा शासनको बिरोध गर्दै प्रजातन्त्रका पक्षमा जनमत निर्माण गरेका थिए । जयतु संस्कृतम् आन्दोलन गर्र्दै देशव्यापी दौडाहाबाट विद्यार्थीको समूह भारतको बनारस पुगेका थिए ।

बनारसमा नेपालमा प्रजातन्त्र स्थापनाका लागि नेपाली काँग्रेस स्थापना गरी आन्दोलन गरिरहनुभएका नेता बिपी कोइरालासँग भेट भएको थियो । जयतु संस्कृतम् आन्दोलनका अधिकांश विद्यार्थी प्रजातन्त्र स्थापनाको क्रान्तिमा सहभागी भएका थिए । यो आन्दोलनको स्वर्ण महोत्सवका अवसरमा विसं २०५५ मा जयतु संस्कृतम् संस्था स्थापना भएको हो । स्थापनापछि संस्थाले संस्कृत भाषाको संरक्षण र प्रवद्र्धनका लागि विभिन्न गतिविधि गर्दै आएको छ । पुरस्कार एवं सम्मान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पूर्वसचिव एवं सम्मानित व्यक्तित्व अधिकारी, विद्वानद्वय रिसाल र उपाध्याय, पुरस्कृत व्यक्तित्वद्वय पन्थी र दाहाललगायतले संस्कृत भाषामा ज्ञान भएपनि पछिल्लो समय त्यसको अध्ययन एवं चिन्तन मनन् गर्ने क्रम हराउन थालेकाले संरक्षणका लागि संस्थाले कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।