तीव्रगतिमा आएको टिपरले ठ,क्कर दिँदा स्कुटर चालकको मृ,त्यु

भक्तपुर, ११ मङ्सिर । अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायक नगरपालिका–८ आदर्श चोक प्राइम बैंक अगाडि जगातीबाट आज तीव्रगतिमा आएको टिपरले ठ,क्कर दिँदा स्कुटर चालकको मृ,त्यु भएको छ भने सवार अर्का व्यक्ति ग,म्भीर घा,इते भएको छन् । जगातीबाट सूर्यविनायकतर्फ जाँदै गरेको बा३ख ५४२३ नं को टिपरले सूर्यविनायकबाट जगातीतर्फ जाँदै गरेको बा५७ प३११३ नं को स्कुटरलाई ठ,क्कर दिँदा स्कुटर चालक धनकुटा राजारानी घर भई हाल ललितपुर कुसुन्ती बस्ने २४ वर्षीय अशिम लिम्बुको मृ,त्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिनुभयो ।

दु,र्घटनामा ग,म्भीर घा,इते स्कुटर पछाडि सवार ललितपुर पाटन बस्ने २६ वर्षीय सन्दीप महर्जनको डा इवामुरा अस्पताल, सल्लाघारीमा प्राथमिक उपचारपछि थप उपचारका लागि बिएण्डबी अस्पताल पठाएको उहाँले जानकारी दिनुभयो । दु,र्घटनापछि फरार टिपर चालक दाङ घोराही–२ रामपुर घर भई हाल काठमाडौँ माछापोखरी बस्ने ३१ वर्षीय किरण कुँवर योगीलाई प्रहरीले थिमिको राधेराधेबाट नियन्त्रणमा लिइ महानगरीय प्रहरी वृत्त जगातीमा राखी थप अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिनुभयो ।

कांग्रेसको जिल्ला अधिवेशन स¥यो
नवलपुर, ११ मङ्सिर । नेपाली कांग्रेसको जिल्ला अधिवेशन सरेको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) जिल्लाको नेपाली कांग्रेसले महाधिवेशनका लागि तयारी पूरा नभएको भन्दै यही मङ्सिर १९ गतेका लागि जिल्ला अधिवेशन सारेको हो । मङ्सिर १० र ११ गते हुने भनिएको जिल्ला अधिवेशनका लागि आवश्यक तयारी अझै बाँकी रहेको भन्दै मङ्सिर १९ र २० गते महाधिवेशन गर्नेगरी सारिएको सहायक जिल्ला निर्वाचन अधिकृत चूडामणि शर्मा कँडेलले जानकारी दिनुभयो । कँडेलका अनुसार नयाँ घोषणा गरिएको कार्यतालिका अनुसार उम्मेदवारको मनोनयन मङ्सिर १९ गते तथा २० गते मतदान गर्ने गरी जिल्ला अधिवेशनको प्रक्रिया अगाडि बढाइनेछ ।

जिल्लाको क्षेत्र नं. २ को मतगणनाका क्रममा क्षेत्रीय सभापतिका दुवै प्रत्यासीले प्राप्त गरेको मत सङ्ख्या बराबरी भएको र पुनः मतगणना हुन नसकेपछि जिल्ला महाधिवेशन सरेको हो । नेपाली कांग्रेस नवलपुर क्षेत्र नं २ का क्षेत्रीय सभापतिका उम्मेदवार सूर्य गुरुङ र जगत कार्कीले समान ३९४ मत प्राप्त गर्नुभएको थियो । दुवै उम्मेदवारको सहमतिमा पुनः मतगणना गरेर क्षेत्रीय सभापतिको टुङ्गो लगाउने निर्णय भएका कारण जिल्ला अधिवेशन प्रभावित भएको कँडेलले बताउनुभयो । कांग्रेस क्षेत्र नं २ को मतपेटिका जिल्ला प्रहरी कार्यालय कावासोतीमा राखिएको छ । क्षेत्रीय सभापतिका प्रत्यासी दुवै जनाको पुनः मतगणना आज ११ गते नेपाली कांग्रेस नवलपुरको कार्यालयमा गर्ने सहमति भएको भएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।