धनकुटामा एमालेले माओवादी पार्टी सकियो भनेर भ्रम फिजाएको : पूर्व संविधानसभा सदस्य तथा नेकपा माओवादी केन्द्र केन्द्रिय सदस्य भण्डारी
धनकुटा । पूर्व संविधानसभा सदस्य तथा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य हेमराज भण्डारीले धनकुटामा एमालेले माओवादी पार्टी सकियो भनेर भ्रम फिजाएको आरोप लगाउनु भएको छ । नेकपा माओवादी केन्द्र पाख्रीवास नगर कमिटीको प्रथम नगर सम्मेलनलाई सम्बोधन गर्दै उहाँले त्यस्तो अारोप लगाउनु भएको हो ।

उहाँले धनकुटा जिल्लामा माओवादीलाई एमालेले च्यालेञ्ज गरेकोले अबको सात महिना पछि हेर्न चुनौती दिनुभयो । एमाले संविधान नमान्ने भ्र’ष्टचारी दलालहरुको पार्टी भएको आरोप लगाउदै धनकुटाको स्थानिय तह मध्ये सबै भन्दा बढी भ्रष्टचार भएको स्थानिय तह पाख्रीवास भएको बताउनुभयो ।
उहाँले यहाका त्यस्ता भ्र’ष्टचार र भ्र’ष्टचारी विरुद्व किन आवाज नउठाको ? अन्य दलहरुले किन खवरदारी नगरेको भनेर प्रश्न गर्नुभयो । उहाँले पाख्रीवासमा नि’रंकुशताको झल्को समेत आउन थालेको वताउनु भयो । अहिले नेपालका सबै राजतीनिक दलले समाजवाद भन्ने गरेको तर भनाई अनुसारको काम कुनै दलले नगरेको भन्दै समाजवाद वरमझियाको पेडा पसल जस्तो भएको टिप्पणी गर्नुभयो ।

उहाँले निर्वाचनको विषयलाई जोड्दै कस्लाई हराउने र कस्लाई जिताउने भन्ने कुरा माओवादीको हातमा रहेको उल्लेख गर्नुभयो । त्यसैले धनकुटामा माओवादी सकियो भनेर हुईया नफिजाउन उहाँले आग्रह गर्नुभयो । उहाँले सहिद परिवारलाई मासिक ३ हजारका दरले, मुटु,क्या न्स र, ढाड लगायत समस्या भएका विरामीहरुलाई मासिक ५ हजारका दरले राहत दिने गठबन्धन सरकारले निर्णय गरेको जानकारी गराउनुभयो ।
१ नं प्रदेश सभा सदस्य कुसुम कुमारी श्रेष्ठले पाख्रीवासको दम्भ र अहंकार परास्त गर्न लागि पर्न माओवादी नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले एमालेलाई दुई तिहाई हैन पाँच तिहाई दिए पनि केही नगर्ने टिप्पणी गर्नुभयो ।
त्यस्तै पार्टीका जिल्ला संयोजक ऋषीराम ढुङ्गानाले समाजवादी क्रान्तिको आधार तयार गर्न लागिरहेका बताउनुभयो । उहाँले नेकपा एमालेलाई रा ष्ट्घाती पार्टीको संज्ञा दिदै यस्ता पार्टीको अन्त्यका लागि लागिपर्न माओनादी कार्यकर्तालाई आग्रह गर्नुभयो । सम्मेलनको अवसरमा कृषि अभियान्त जीवन प्रसाद राई सहित अन्य विभिन्न विधाका व्यक्तिहरुलाई प्रमाण पत्र सहित सम्मान गरिएको छ ।

नेकपा माओवादी केन्द्र पाख्रीवास नगर कमिटी अध्यक्ष मुक्ती प्रसाद बजगाईको अध्यक्षतामा सञ्चालित सम्मेलनको उद्घाटन सत्रलाई नेपाली कांग्रेस नगर सभापति प्रेम भण्डारी,जिल्ला सदस्य ज्ञान वहादुर गुरुङ, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवम् ४ नं वाध्यक्ष सोवित निरौला,जनता समाजवादी पार्टीका नगर अध्यक्ष जितेन्द्र माङ्पाहाङ राई, राप्रापाका श्याम गुरुङ लगायतले शूभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रम सञ्चालन सचिव बलाराम खड्काले गर्नुभएको थियो । सम्मेलनमा विभिन्न पार्टी परित्याग गर्दै ९५ जना माओवादीमा प्रवेश गरेका छन् ।



