कांग्रेस अधिबेशन : धनकुटाको आयो नयाँ निर्वाचन तालिका
धनकुटा,११ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत स्थगित रहको धनकुटा जिल्लाको अधिवेशनको निर्वाचन प्रक्रिया मंसिर १३ बाट सुरु हुने भएको छ ।
जिल्ला कार्यसमिती तथा केन्द्रिय महाधीवेशन प्रतिनिधी निर्वाचनका लागि सुरु भई स्थगित भएको निर्वाचन प्रक्रिया मंसिर १३ गते बाट सुरु हुने सहायक निर्वाचन अधिकृतद्धरम हस्ताक्षरीत विज्ञप्तीमा भनिएको छ । जस अन्र्तगत १३ गते उम्मेदवारको नामवली प्रकाशन, उम्मेदवारको नामवली माथी दावी विरोध,उम्मेदवारको नामवली फिर्ता र उम्मेदवारको अन्तीम नामवली प्रकासन गर्ने कार्यतालिका सार्वजनिक गरिएको छ ।
मंसिर १४ गते विहान ७ बजे देखि बेलुकी ४ बजे सम्म मतदान गर्ने कार्यतालिका निर्वाचन समितीले जारी गरेको छ । यस अघि निर्वाचन प्रक्रिया सुरु गर्ने विषयमा जिल्ला पदाधीकारीहरुका उम्मेदवार प्रतिनिधी जिल्ला पदाधीकारीको उपस्थितीमा सहमतीको लागि छलफल गर्दा समेत निर्वाचन प्रक्रिया अगाडी बढाउन नसके पछि जिल्ला निर्वाचन समितीले अनिश्चित समयका लागि निर्वाचन स्थगित गरेको थियो ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत धनकुटा जिल्ला सभापती पदका लागि संस्थापन पक्ष बाट दिनेश राई र संस्थापन इतर बाट कमोट फागो सभापतीका आकाक्षी रहेका छन् ।

कांग्रेस अधिवेशन : गुल्मी मुसिकोटको मतदान स्थगित
गुल्मी, ११ मंसिर/नेपाली कांग्रेस गुल्मीको अधिवेशनमा मुसिकोट नगरपालिका मतदान केन्द्रको मतदान प्रक्रिया रोकिएको छ । मुसिकोट नगरपालिको मतदान केन्द्रमा मतपत्रमा संकेत उल्लेख गरेर मतदान गरिएको भन्दै सभापतिका उमेदवार बेदबहादुर थापा मगरले विरोध जनाएपछि मतदान प्रक्रिया रोकिएको हो । थापा मगरले निर्वाचन अधिकृतलाई मतदान प्रक्रिया स्थगित गर्न माग गर्दै निवेदन दिएका थिए । मुसिकोटबाहेक अरु स्थानीय तहको मतदान भने सकिएको छ ।
उमेदवारहरूबीच सहमति भएपछि मात्रै मतदान सुरू हुने कांग्रेसका निवर्तमान सभापति भुवनप्रसाद श्रेष्टले जानकारी दिए । उनले सहमतिको प्रयास भए पनि आजै मतदान हुने सम्भावना कम भएको बताए । जिल्ला अधिवेशनमा सभापतिमा खिलध्वज पन्थी र बेदबहादुर थापा मगर, उपाध्यक्षमा शिव केसी, अनन्तराम पौडेल र झविन्द्र विश्वकर्मा, सचिवमा भगतसिंह खड्का, जगदिश भटराई, पृथ पौजदार र पूर्ण केसीले उम्मेदवारी दिएका छन् । सहसचिवमा निरोज मरासिनी, रेशम कुँवर, छवि पाण्डेय र धर्म पाण्डेले उम्मेदवारी दिएको निर्वाचन सहायक अधिवक्ता भिम न्यौपानेले जानकारी दिए ।


