तेह्रथुमका सबै पालिकामा १७ मंसिरबाट मतदाता नामावली संकलन
तेह्रथुम, १३ मंसिर/तेह्रथुमका सबै ६ पालिकामा आगामी १७ मंसिरबाट मतदाता नामावली संकलन गरिने भएको छ । जिल्ला निर्वाचन कार्यालय तेह्रथुमका अनुसार यसअघि मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका वा नाम दर्ता गर्न उमेर पुगेका १६ बर्षमाथिका नागरिकको नामावली संकलन गरिने छ ।
कार्यालयका निर्वाचन अधिकारी होमप्रसाद पौडेलका अनुसार विवाह गरेका महिलाको हकमा विवाह दर्ता र अन्यत्रबाट बसाई सरी आउने नागरिकहरू बसाइसराइको प्रमाणपत्र आवश्यक पर्नेछ । कार्यालयका अनुसार नामवली संकलनका लागि सबै नगर तथा गाउँपालिकामा कर्मचारी खटिने छन् । नागरिकहरूलाई मत दिने अधिकार उपयोग गराउन सरोकारवालाहरूले प्रचारप्रसारमा जुट्न कार्यक्रम व्यवस्थापन तथा अनुगमन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले बताए ।
जिल्लाका पाँच वटा स्थानीय तह लालीगुराँस नगरपालीका, छथर गाउँपालिका, फेदाप गाउँपालिका, मेन्छ्यायेम गाउँपालिका र आठराई गाउँपालिकामा यही १७ मंसिरदेखि २६ मंसिरसम्म प्रत्येक पालिकाको केन्द्रमा नामावली दर्ता संचालन हुने बताए । यसैगरी म्याङलुङ नगरपालिकाको हकमा १७ मंसिरबाट २६ मंसिरसम्म जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयबाट हुनेछ ।
भीम रावल र घनश्याम भुसाल आउट – एमालेको निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका रोकेर मध्यरातमा ३०१ केन्द्रीय सदस्यको नाम हलबाट अनुमोदन गराएपछि अध्यक्ष केपी ओलीले बिहान साढे ३ बजे १९ पदाधिकारी छान्नुभएको छ ।
ओलीको प्रस्तावलाई हलले पारित गरेको छ । ओलीले पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटीको सूची बन्दसत्रबाट अनुमोदन गराउनुभएको छ ।आइतबार मध्यरातमा शुरुमा बन्दसत्रमा ओलीले विधानअनुसार तीन सय एक केन्द्रीय सदस्यको नाम पढेर सुनाउनुभएको थियो ।
दोस्रो चरणमा पदाधिकारीको नाम हलमा पेश गर्नुभएको थियो ।हलबाट पदाधिकारी र केन्द्रीय सदस्यको नाम बहुमतबाट अनुमोदन भएको छ ।ओलीले पेश गरेको सूचिमा अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुवास नेम्वाङ, रामबहादुर थापा बादल र सुरेन्द्र पाण्डे हुनुहुन्छ ।
अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका भीम रावल र उपाध्यक्षमै लड्ने बताएका घनश्याम भुसाल भने १९ सदस्यीय पदाधिकारीमा परेका छैनन् । पूर्व माओवादीबाट पदाधिकारीमा तीन नेता समेटिएका छन् ।ओलीले महासचिवमा शंकर पोखरेल, उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुव्वा गुरुङ र विष्णु रिमाललाई ल्याउनुभएको छ ।
सात सदस्यीय सचिवमा टोपबहादुर रायमाझी, गोकर्ण विष्ट, योगेश भट्टराई, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट र पद्मा अर्याल पर्नुभएको छ । लेखा आयोगमा पुष्प कँडेल र अनुशासन आयोगमा केशव बडालको नाम पनि हलले अनुमोदन गरेको छ ।


