कक्षा १२ उत्तीर्ण भइन् करिश्मा मानन्धर, ग्रामीण विकास पढ्ने रहर
काठमाडौं, १७ मंसिर /नायिका करिश्मा मानन्धर कक्षा १२ उत्तीर्ण भएकी छन् । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको नतिजामा उनी उत्तीर्ण भएकी हुन् । आफू कक्षा १२ उत्तीर्ण भएको करिश्माले न्युज कारखानालाई जानकारी दिइन् । ‘म दुईवटा विषयमा ए प्लस ल्याएँर पास भएँ’, न्युज कारखानासँग भनिन्, ‘तर, समग्रमा मेरो २.४१ जीपीए आएको छ ।’
गोदावरीस्थित किटनी कलेजबाट कक्षा १२ उत्तीर्ण गरेकी उनी अब ग्रामीण विकास विषय लिएर स्नातक अध्ययन गर्ने तयारीमा रहेको बताइन् ।‘म अब ग्रामीण विकास लिएर पढ्ने इच्छा छ’, उनले भनिन्, ‘यही कलेज (किटनी कलेज)मा ग्रामीण विकास छ कि छैन । बुझ्नुपर्नेछ ।’
किटनी कलेजमा ग्रामीण विकास विषय नभएमा उनले कलेज परिवर्तन गर्ने जानकारी दिइन् । यसैबीच गायिका रचना रिमाल पनि कक्षा १२ उत्तीर्ण भएकी छन् ।
कर्णाली कांग्रेस प्रदेश सभापतिमा तीन जनाले गरे उम्मेदवारी दर्ता
सुर्खेत, १७ मंसिर/नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत कर्णाली प्रदेश कार्यसमितिको सभापतिमा तीन जनाको उम्मेद्वारी परेको छ । नयाँ नेतृत्वका लागि सुरु भएको अधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा, विमलेन्द्र निधि र रामचन्द्र पौडेल पक्षबाट तीन जनाले प्रदेश सभापतिमा उम्मेदवारी दर्ता गराएका हुन् ।
देउवा पक्षबाट ललितजंग शाही, निधि पक्षबाट मोतीराज बम र पौडेल पक्षबाट भुपेन्द्रजंग शाहीले प्रदेश सभापतिमा मनोनयन दर्ता गरेका छन् । ललितजंग जुम्ला, मोतीराज र शाही कालीकोटका हुन् ।
यस्तै, प्रदेश महामन्त्री पदमा भने देउवा पक्षबाट निरञ्जन केसी र पौडेल पक्षबाट कृष्ण विसीले उम्मेद्वारी दर्ता गराएका छन् । सुर्खेतका केसी तरुण दलका पूर्वकेन्द्रीय उपाध्यक्ष र विसी दैलेखका निवर्तमान पार्टी सभापति हुन् ।


