गाडीको ठ,क्करबाट बृद्धको मृ,त्यु

कञ्चनपुर, १९ मङ्सिर । कृष्णपुर नगरपालिका–२ बाणीस्थित पूर्व–पश्चिम राजमार्गमा आज भारतीय नम्बरको गाडीको ठ,क्करबाट पैदलयात्रुको मृ,त्यु भएको छ ।इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराका अनुसार मृ,त्यु हुनेमा नाथ कृष्णपुर–२ बाणीका ७० वर्षीय तारा नाथ रहेका छन् । “ठ,क्कर दिने गाडीको पहिचान भइसकेको छ”, प्रहरी निरीक्षक बोहराले भन्नुभयो, “चालक सम्पर्कमा नरहेकाले खोजी गरिरहेका छौँ ।” स्थानीय बासिन्दाले ठक्कर दिने गाडीको पहिचान गरी कारबाही गरिनुपर्ने र मृतक परिवारलाई क्ष,तिपूर्ति दिनुपर्ने माग गर्दै पूर्वपश्चिम राजमार्गमा अवरुद्ध गरेका छन् ।

यो पनि पढ्नुहोस्…गत वर्षको तुलनामा अहिले सुक्खा अलैँचीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ ।पोहोर प्रतिमन (४० केजी) ३२ हजार रुपियाँसम्ममा बिक्री भएकामा अहिले ४४ हजार रुपियाँसम्ममा किनबेच भइरहेको छ । यो अघिल्लो वर्षको तुलनामा २७ प्रतिशतले बढी हो । यो मूल्य असोज कात्तिकमा ५१ हजार रुपियाँसम्म पुगेको थियो ।तीन वर्षअघि प्रतिमन २०–२२ हजार रुपियाँ हुने गरेको अलँैचीको मूल्य त्यसपछि क्रमशः बढिरहेको छ । अलैँचीले भाउ पाउन थालेको धेरै भएको छैन । २०५५/५६ सालदेखि अलैँचीको मूल्य बढ्दै गएर एक लाख रुपियाँ पुग्न थालेको हो । अलैँचीको भाउ २०७१ सालमा प्रतिमन एक लाख २० हजार रुपियाँसम्म पुगेको थियो । वि.सं. २०२० तिर प्रतिमन ८० रुपियाँमा अलैँची बिक्री गरिएको किसान अझै पनि सम्झन्छन् ।

आकर्षक आम्दानी दिन थालेपछि धेरै किसान अलैँची खेतीतर्फ होमिएका हुन् । त्यसपछि नै हो अलैँची खेती विस्तार भई उत्पादन बढेको ।तर अलैँचीको मूल्य अस्थिर खालको हुन्छ । कहिले मूल्य बढेर प्रतिमन एक लाख रुपैयाँभन्दा माथि पुग्छ भने कहिले घटेर २०–२२ हजार रुपैयाँमा पनि आइपुग्छ ।लामो समयसम्म प्रतिमन २०–२२ हजार रुपियाँ मूल्य कायम रहेकामा अहिले अलैँचीको मूल्य बढेको हो । पछिल्लो समयमा राम्रो भाउ पाउन थालेपछि किसान उत्साहित हुन थालेका छन् ।यसपालि नेपाल र भारतको सिक्किममा उत्पादन घट्दा अलैँचीको मूल्य बढेको हो । यसका साथै पछिल्लो समयमा राम्रो मूल्य नपाउँदा अधिकांश किसानले नबेचेर घरमै राख्न थालेका थिए । यसले बजारमा अलैँचीको अभाव हुँदा मूल्य बढेको पाँचथरका अलैँची व्यवसायी महासङ्घ केन्द्रीय उपाध्यक्ष नरेन्द्र अधिकारीले बताए ।

अहिले ग्रामीण क्षेत्रमा सञ्चार र यातायातको सुविधा पुगेसँगै किसानलाई अलैँची बेच्न सहज भएको छ । बजार मूल्य बुझेर किसान आफैँ राम्रो दाम दिने व्यापारीलाई अलैँची बेच्न थालेका छन् । यो अवस्थाले अलैँची बिचौलियाको माध्यमबाट नभई सीधै ठूला व्यापारीसम्म पुग्न थालेको छ ।पाँचथरका किसानले विगतमा फिदिमका व्यापारीलाई अलैँची बेच्थे भने अहिले सीधै बिर्तामोडसम्म पु-याउन थालेका छन् । यसरी बेच्न थालिँदा किसानले आफूले इच्छाएअनुसार अलैँचीको दाम तोकेर बिक्री गर्न पाउने स्थिति सिर्जना हुन थालेको छ ।

विगतमा व्यापारीले तोकेको मूल्यमा किसानले अलैँची बेच्नुपर्ने बाध्यता नै थियो । किन्नेबाट होइन अब बेच्नेबाट मूल्य तोक्न थाल्दा पनि किसानले अलैँचीबाट राम्रो मूल्य पाउन थालेको देखिन्छ । किसान सचेत हुन थाल्दा अलैँचीको मूल्यमा सुधार हुँदै आएको राष्ट्रिय कृषक समूह महासङ्घ, पाँचथर अध्यक्ष गणेश पोख्रेलले बताए ।पाँचथर जिल्लामा झन्डै दुई हजार हेक्टर जमिनमा अलैँची खेती हुनुका साथै ८०० मेट्रिक टनसम्म अलैँची फल्छ । पाँचथरमा मात्रै वार्षिक दुई अर्ब रुपियाँ अलैँचीबाट आम्दानी हुने गरेको छ ।

यसको खेती नेपालका मध्यपहाडी ४० जिल्लाका १४ हजार ७०० हेक्टरमा भइरहेको छ ।
खोल्सीको सुनका रूपमा चिनिने अलैँची खेती गर्नेको जीवनस्तर यसैको आम्दानीले समृद्ध पनि बन्दै गएको छ ।पूर्वको इलाम, पाँचथर, ताप्लेजुङ हुँदै पश्चिमको अछाम, डोडी, बैतडीसम्म हिजोआज अलैँची खेती विस्तार भइरहेको तथ्याङ्कले देखाउँछ ।पाखो, खोल्सीमा मात्र रोपिइने अलैँची खेती महँगोमा बिक्ने लोभले अरू बाली लाग्ने खेतबारी र करेसामा समेत किसानले मुख्य आयस्रोतका रूपमा रोप्ने गरेका छन् । गोरखापत्र दैनिकमा नारायण तुम्बापोले खबर लेखेका छन्

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖