झापामा वर्षमा आठ सय बढी मान्छे हराउँछन्, आधा मात्र भेटिन्छन्

झापा, २१ मंसिर /जिल्ला प्रहरी कार्यालय झापाको तथ्यांकअनुसार चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म झापाबाट दुई हजार ६८ जना हराए । हराएकामध्ये सबैभन्दा धेरै महिला छन् । हराउने महिलाकाे संख्या एक सय ४४ छ । यस्तै, पुरुष ६८, बालबालिका ४६ र जेष्ठ नागरिक १० जना छन् । जसमध्ये एक सय ३० जना फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । अर्थात् हराएको कुल संख्याको ४८ प्रतिशत मानिस फेला परेका छन् ।

उमेर समूहलाई आधार मान्ने हो भाने झापामा चालू आर्थिक वर्षमा सबैभन्दा धेरै १८ देखि ३० वर्ष उमेर समूहका युवायुवती हराएका छन् । उनीहरूको संख्या एक सय ३४ रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।आर्थिक वर्ष ०७८/७९ को कात्तिक मसान्तसम्ममा हराएकामध्ये ४३ प्रतिशत पुरुष, ४४ प्रतिशत महिला, ७४ प्रतिशत बालबालिका तथा ३० प्रतिशत जेष्ठ नागरिक फेला परेको उनले बताए । हराएकामध्ये चालू आव ०७८/७९ को कात्तिक मसान्तसम्म एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, गत आव ०७७/७८ मा आठ सय आठ जना मानिस हराएका थिए । जसमा सबैभन्दा धेरै महिला हराएको प्रहरीले जनाएको छ । पुरुष एक सय ६६, महिला चार सय २४, बालबालिका एक सय ८८ र जेष्ठ नागरिक ३० जना हराएको प्रहरीले जनाएको छ । हराएकामध्ये ४२ प्रतिशत अर्थात् चार सय ४० जना अझै फेला नपरेको तथ्यांक प्रहरीसँग छ । हराएकामध्ये १८ देखि ३० वर्ष उमेर समूहका सबैभन्दा धेरै तीन सय ४७ जना रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हराएकामध्ये ४९ प्रतिशत पुरुष, ५३ प्रतिशत महिला, ७६ प्रतिशत बालबालिका तथा ६७ प्रतिशत जेष्ठ नागरिक फेला परेका छन् । अघिल्लो आर्थिक वर्षमा हराएकामध्ये पाँच जना मृत अवस्थामा फेला परेको पाठकले जानकारी दिए ।

घरायसी समस्या, आर्थिक अभाव, माया प्रेम, मानसिक असन्तुलन, संगत, मा दक पदार्थ र ला गुऔ षधका कारणले हराउने गरेको डिएसपी पाठकले जानकारी दिए । प्रहरीको तथ्यांक हेर्दा बर्सेनि हराएकामध्ये करिब आधा मात्र फेला परेको देखिन्छ । यद्यपि मानिस फेला परे पनि प्रहरीलाई जानकारी नगराउँदा नभेटिएकाको संख्या धेरै भएको पाठकले बताए ।

‘मानिस हराएपछि सबैले प्रहरीमा जानकारी गराउँछन् । तर, भेटिएपछि वास्ता गर्दैनन् । त्यो हुँदा नभेटिनेको संख्या धेरै देखिन्छ । तर, त्यो मान्छे भेटिएको हुन्छ,’ उनले भने, ‘भेटिएपछि खबर गर्ने चलन छैन । तर, प्रहरीकहाँ भएको तथ्यांकले चाहिँ नभेटिने धेरै देखिन्छ । तर, ती मान्छे भेटिएका पनि हुन्छन् ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।