भारतीय रक्षा प्रमुख विपिन रावत चढेको हेलिकोप्टर दु’र्घटना

एजेन्सी/भारतीय रक्षा प्रमुख (चीफ डिफेन्स स्टाफ) विपिन रावत चढेको हेलिकोप्टर दु र्घटना ग्रस्त भएको छ । रावत र उनकी पत्नीसहित १४ जना सवार भारतीय सेनाको एमआई-सीरीज हेलिकोप्टर तमिलनाडुको कुन्नुरस्थित घना जंगलमा खराब मौसमका कारण दु र्घटना भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

वेलिंगटनस्थित आर्म्ड फोर्सेज कलेजमा लेक्चर दिएर फर्किँदै गर्दा रावत चढेको हेलिकोप्टर कुन्नुरमा दु र्घटनामा परेको हो । रावत कुन्नुर हुँदै दिल्ली फर्किने कार्यक्रम थियो । घटनास्थलबाट तीन जनाको उद्धार गरेर अस्पताल लगिएको छ । केही श व जलेको अवस्था फेला परेको र अन्यको खोजी कार्य चलिरहेको छ । उद्धारका लागि वायुसेनाको टुकुडी, प्रहरी र स्थानीय खटिएका छन् । दु र्घटनामा परेका रक्षा प्रमुख रावतको अवस्था अज्ञात छ ।

इण्डियन एयर फोर्सले दु र्घटनाको जाँच गर्न अधिकारीहरुलाई निर्देशन दिएको ट्वीटरमार्फत जनाएको छ ।

वोमी लघुवित्तको साधारणसभा १६ पुसमा, लाभांश र मर्जर प्रस्ताव पारित हुने
काठमाडौं, २२ मंसिर/वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले १६ पुसमा साधारणसभा बोलाएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न शुक्रबार बिहान ११ बजे, होटल अरनिको धुलिखेलमा १०औँ वार्षिक साधारणसभा आह्वान गरेको हो।

सभामा कम्पनीको हाल कायम चुक्ता पुँजीको २० प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने र सूर्योदय लघुवित्तसँग एक बराबर एक अनुपातमा मर्ज हुने विशेष प्रस्ताव पारित हुनेछ । मर्जरपछि बन्ने लघुवित्तको नाम सूर्योदय वोमी लघुवित्त कायम गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका एजेण्डा छन् ।

सभा प्रयोजनका लागि लघुवित्तले १-१६ पुससम्म बुकक्लोज गर्ने भएको छ। यद्यपि, मर्जर प्रयोजनका लागि लघुवित्तको सेयर कारोबार दोस्रो बजारमा रोक्का गरिएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।