बन्धन सिमेन्टले गरिदियो ५ लाखको दु’र्घटना बिमा नि:शुल्क
इटहरी । निर्माण व्यवसायी संघ इलामको २० औं साधारणसभाका सहभागीहरुको निशुल्क दु’र्घटना बीमा गरिएको छ । बन्धन सिमेन्टले साधारणसभामा सहभागीमध्ये ८४ जनाको ५ लाखको दु’र्घटना बिमा गरिदिएको हो ।
२२० जना सहभागी कार्यक्रममा विवरण पुगेका ८४ जनाको बीमा गरिएको हो । कार्यक्रममा सहभागी सम्पूर्ण इच्छुक व्यक्तिको नि:शुल्क बिमा गरिने बन्धन सिमेन्ट उत्पादक नेपाल अल्ट्राटेक सिमेन्ट प्रालिका ब्राण्ड म्यानेजर अर्जुन पौडेलले जानकारी दिए ।

यसअघि पनि उक्त कम्पनिले श्रम क्षेत्रमा सक्रिय मजदुर तथा कर्मचारीहरुको बिमा गरिदिने गरेको थियो । मजदुरहरुलाई भइपरी आउने दुर्घटना तथा जोखिमबाट हुने क्षती न्युनिकरणका लागि कम्पनिले आफ्नो सामाजिक दायित्व निर्वाह गर्न बिमा गरिदिने गरेको पौडेलले बताए । शिखर इन्स्योरेन्ससँगको सहकार्यमा कम्पनिले मजदुरहरुको बिमा गर्ने गरेको छ ।
बन्धन सिमेन्ट विराटनगरमा मुख्य कार्यालय रहेको नेपालकै अत्याधुनिक जर्मन प्रविधिमा आधारित गुणस्तरीय सिमेन्ट हो । पटक पटकको ल्याब परिक्षणपछि मात्र सिमेन्टको अन्तीम प्याकेजिङ गरिन्छ । कम्पनिले यसअघि पनि सुनसरी तथा मोरंगका विभिन्न ठाउँमा भवन निर्माणसम्बन्धि सचेतनामुलक कार्यक्रमहरु गरिसकेको छ ।


