मानन्धरको गजल ‘हर चीज राम्रो लाग्छ मन परेपछि…

हरि मानन्धर । गीजलकार हरि मानन्धर “विवश”को गजल ‘हर चीज राम्रो लाग्छ मन परेपछि…’, नेपाली चलचित्र “फिदा” का लागि पहिलो पटक सार्वजनिक गरिएको छ । गजलकार हरि मानन्धरले लेखेका उक्त गजल उनकै पहिलो गजल एल्बम “बिबश”मा समावेश गरिएको थियो । संगीतकार सुरेश गैरेको संगीतमा उक्त् गजल उदयराज पौडेलको एरेन्ज गरेका थिए भने चर्चित गायिका अञ्जु पन्तले स्वर भरेकि थिइन् ।

यतिबेला उक्त गजललाई गीतकार तथा निर्देशक शंकर अधिकार “घायल”ले निर्माण गर्न लाग्नु भएको नेपाली कथानक चलचित्र “फिदा”मा राख्नका लागि भिडियो रकेडिङ गर्नु भएको हो । शंकर अधिकार “घायल” आफै गीतकार हुदा हुदै पनि अन्जु पन्तको स्वरमा रहेको “हर चिज राम्रो लाग्छ मन परेपछि…” बोलको गजललाई गीतको रूपमा बन्दै गरेको नेपाली कथानक चलचित्र “फिदा”मा समावेश गर्न लाग्नुभएको हो ।

मोहन गमालको प्रस्तुतीमा कालू पाण्डे ‘शरद’को निर्माण अनि शंकर अधिकारी घायलको लेखन/ निर्देशनमा फिदा चलचित्रको छायांकन तिब्रगतिमा हौदैछ । बिश्वास भण्डारीको छायांकन, राजन महर्जनको नृत्य, राजु किराँतको द्वन्द, बिश्वास भण्डारी र अन्जली थापाको सम्पादन रहने फिदा चलचित्रमा प्रकाश राहुल कोइराला टिमको रहने छ ।

राजु पौड्याल, दिप्ती लामिछाने, प्रवेश लिम्बू, दुर्गा थापा, प्रतिभा चामलिङ राई, प्रेमा मगर र राजन महर्जन बिजय भुर्तेल रोशन बिसिको अभिनय रहने छ भने गीतमा हरि मानन्धर बिबश, सुभाष गौतम र शंकर अधिकारी घायलको रहेनेछ । त्यस्तै गायिकाहरूमा नित्याशिवा, अन्जु पन्त, स्वरुपराज आचार्यको स्वर रहेको छ भने श्रृङ्गारमा डि. के. हमाल रहेकाछन भने सहायक निर्देशनमा राजन श्रेष्ठ रहेका छन ।

आजै OSR Digital यूट्यूव च्यानलबाट सार्वजनिक गरिएको उक्त हरि मानन्धरको गीतमा राजन महर्जनको नृत्य निर्देशन तथा गीतकार तथा निर्देशक शंकर अधिकारी “घायल”को निर्देशन, गीतमा नृत्यमा प्रतिभा चाम्लिङ राईको उत्कृष्ट नृत्य प्रस्तुत गरिएको छ भने उनलाई उनकै टीमले साथ दिएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖