श्रीलंकामा जब चिनियाँ राजदूत धोती लगाएर मन्दिर दर्शन गर्न पुगे…

कोलम्बो, २ पुस।दक्षिण एसियामा चीनको उपस्थिति जबरजस्त बढिरहेको छ । आर्थिक, व्यापारिक र द्विपक्षीय सम्बन्धका साथै चीनले सांस्कृतिक रुपमा पनि सम्बन्धलाई प्राथमिकतामा राखेको छ । यसको उदाहरण हालै श्रीलंकामा देखिएको छ । श्रीलंकाका लागि चिनियाँ राजदूत क्वी झेनहोङले धोती लगाएर मन्दिर दर्शन गरेको तस्बिरले पुरै दक्षिण एसियामा चर्चा पाएको छ । यसबाट श्रीलंकामा चीनले सांस्कृतिक डिप्लोमेसी अपनाएको चर्चा भइरहेको छ ।

बहुसंख्यक तमिलको बसोबास रहेको उत्तरी श्रीलंकाको भ्रमणमा रहेका चिनियाँ राजदूत झेनहोङले जाफनाको ऐतिहासिक नल्लुर कंडास्वामी कोविल मन्दिरको दर्शन गरेका हुन् । एक हिन्दु श्रद्धालुको भेषभुषामा धोती लगाएर प्रसादको टोकरी बोकेको अवस्थामा मन्दिरमा राजदूत झेनहोङ देखिएका छन् । अर्कोतिर मन्दिरबाहिर उपस्थित भक्तजनलाई फलफुल बाँडिरहेको अवस्था चिनियाँ राजदूत देखिएका छन् ।

मन्दिरका अलावा चिनियाँ राजदूत उत्तरी श्रीलंकाका उच्च अधिकारीसँग भेटिरहेका छन् । तर चर्चा भने मन्दिरको दर्शन गरेकोमा भएको छ । यसबाट चीनले धेरै सन्देश दिएको विश्लेषकहरुले बताइरहेका छन् । मुख्य त उत्तरी श्रीलंकाको तमिल बहुल क्षेत्रमा चिनियाँ प्रभाव बढाउनु रहेको श्रीलंकाका विश्लेषक एस सतीसमोहनको बुझाई छ । हिन्दु मन्दिरमा हिन्दु भेषभुषामा जानु भारतका लागि चीन पनि उत्तरी श्रीलंकामा आएको सन्देश भएको उनी बताउँछन् । तमिलनाडुसँग विशेष सम्बन्ध भएको उत्तरी श्रीलंकामा भारतको राजनीतिक र सांस्कृतिक प्रभाव छ । पछिल्लो समय श्रीलंकामा चिनियाँ लगानी निरन्तर बढिरहेको छ । अब चीनले उत्तरी श्रीलंकामा आफूलाई केन्द्रीत गरेको र यसैअन्तर्गत सांस्कृतिक डिप्लोमेसी अपनाएको विश्लेषण हुन थालेको छ ।

खासगरी चीनको यो कदमलाई भारतमा चिन्ताका रुपमा हेरिएको छ । भारतीय राजनीतिमा चिनियाँ राजदूतको धार्मिक गतिविधिले चर्चा पाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।