मनाङलाई २ अंकको अग्रता रहँदा फ्रेण्ड्स र च्यासल रेलिगेसन जोनमा

काठमाडौं, ५ पुस /घरेलु मैदानमा पुलिसविरुद्ध पाएको सहज जितसँगै मनाङ मर्स्याङ्दी क्लबले पाँचौ चरणको खेल सकिँदा २ अंकको अग्रता बनाएको छ ।
सोमबार दशरथ रंगशालामा भएको विभागीय टोली एपीएफ फुटबल क्लब र फ्रेण्ड्सविरुद्धको खेलसँगै पाँचौ चरणको खेल समाप्त भएको हो । शीर्षस्थानमा मनाङले २ अंकको अग्रता बनाउँदा फ्रेण्ड्स क्लब र च्यासल युथ क्लब रेलिगेशन जोनमा रहे ।

दिनको एकमात्रै खेलमा फरवार्ड आशिष लामाको दुई तथा विक्की तामाङको एक गोल मद्धतमा एपीएफले फ्रेण्डस्लाई पराजित गर्दै रेलिगेशन जोनबाट उम्कियो । पाँचौ चरणका कुल ७ खेल हुँदा १५ गोल भए । ४ खेलमा हार जित हुँदा ३ खेल बराबरीमा टुंगिए । सातदोबाटो युथ क्लब र त्रिभुवन आर्मी फुटबल क्लब तथा संकटा र मछिन्द्र फुटबल क्लबले बराबरी खेल्दा थ्रीस्टार र न्युरोड टिम एनआरटीले गोल सहित बराबरी खेले ।

यता,पाँचौ चरणमा एपीएफसँगै जावलाखेलले पहिलो जित निकाल्यो । जावलाखेलले च्यासललाई पराजित गर्‍यो । यस्तै पहिलो पटक पोखरा रंगशालालाई होम मैदान बनाउँदै लिग खेलेको मनाङ मस्र्याङ्दी क्लबले नेपाल पुलिस क्लबलाई ३–१ अन्तरले पराजित गर्दै शीर्षस्थानमा पकड बनायो । यता, रेलिगेशनको दबाबमा परेको हिमालयन शेर्पा क्लबलले ब्रिगेड ब्वाइज क्लब (बीबीसी)लाई ३–१ अन्तरले पराजित गर्दै रेलिगेसन जोनबाट कम्तिमा यस चरणबाट टाढा रह्यो ।

मनाङका अन्जन बिष्ट र एपीएफका आशिष लामा ह्याट्रिक मौकाबाटसमेत चुके । पोखरामा भएको खेलमा दोस्रो हाफमा अन्जनले २ गोल गरिसकेका अवस्थामा बक्स भित्र बाट प्रहार गर्न चुक्दा लिगको दोस्रो ह्याट्रिक बनाउन चुके । यता, आशिषले समेत दोस्रो हाफको सुरुआतमै दुई गोल गरेपनि बाकी समय पाएको मौका सदुपयोग गर्न नसक्दा ह्याट्रिक मौकाबाट टाढा रहे ।

पाँचौ चरणको खेल सकिँदा चार क्लब अपराजित रहेका छन् । मनाङ, मछिन्द्र, आर्मी र संकटाले बराबरी गरे पनि हारबाट भने बचेका छन् । ५ खेलबाट १३ अंक सहित अपराजित रहेको मनाङ शीर्षस्थानमा छ । ११ अंक बनाएको मछिन्द्र दोस्रो स्थानमा छ । समान ९ अंक भए पनि गोल अन्तरका आधारमा आर्मी तेस्रो स्थानमा छ भने संकटा चौथों स्थानमा छ ।

८ अंक बनाएको सातदोबाटो पाँचौ स्थानमा छ भने समान ६ अंक बनाएका थ्रीस्टार र न्युरोड टिम एनआरटी छैटौं र सातौं स्थानमा छन् । समान ५ अंक बनाएका हिमालयन शेर्पा क्लब, ब्रिगेड ब्वाइज र नेपाल पुलिस क्लब आठौ, नवौं र दशौं स्थानमा रहँदा समान ४ अंक बनाएका एपीएफ, जावलाखेल र च्यासल ११ औं, १२ औं र १३ औं स्थानमा छन् । यस्तै २ अंकको फ्रेण्ड्स १४ औं तथा पुछारमा छ । अब, छैटौं चरणको खेल आगामी शुक्रबारबाट सुरु हुनेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।