पहाडमा बदली, तराईमा हुस्सु

काठमाडौं, ७ पुस/हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । बिहान पहाडी भूभागमा आंशिक बदली छ भने तराई हुस्सु र कुहिरो लागेकाे छ । दिउँसो प्रदेश १ को उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाे माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ ।

बिहीबार प्रदेश १, बागमती र गण्डकीका हिमाली क्षेत्रका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । बिहीबार राति उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको आँकलन गरिएकाे छ ।

एनआरएनए कतारले मनायाे १९औँ स्थापना दिवस
दोहा, ७ पुस/गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) कतारले १९औँ स्थापना दिवस मनाएको छ । एनआरएनए आइसिसीको दोस्रो एनसिसिको रूपमा सन् २००३ मा स्थापित संस्थाले एक कार्यक्रमका बीच स्थापना दिवस मनाएको हो ।कतारका लागि नेपाली कार्यवाहक राजदूत लक्ष्मण खनालले संघले कोरानाको समयमा गरेको मानवीय कार्यको प्रशंसा गरे । खनालले सरकारले एनआरएनएले देशको समृद्धि र विकासका कार्यमा सहयोग गर्छन भन्ने अपेक्षा गरेको बताए ।

खनालले नेपालको आर्थिक विकासमा प्रवासी नेपालीको महत्त्वपूर्ण भूमिका रहने भन्दै प्रवासमा रहदा नेपालको पर्यटनबारे प्रचारप्रसार गरेर नेपालमा पर्यटक पुर्‍याउन तथा अन्य क्षेत्रमा लगानी भित्र्याउन पहल गर्न आग्रह गरे

आइसीसी सचिव आरके शर्माले संस्था विभाजन गर्ने कुरा सोच्न पनि नहुने बताए । ‘८० लाख नेपालीहरुको आत्मा जोडिएको संस्थाको समस्या समाधानको बाटोमा गैरहेको जनाउँदै शर्माले यो संस्थाप्रति धेरै नेपालीको आस्था र भरोसा रहेको बताए । २०२१–२३ का लागि केन्द्रीय उपाध्यक्ष पदका उम्मेदवार शर्माले चुनावी दौरानमा धेरै मतभेद भएको तर समस्या समाधान हुने दाबी गरे ।

मानार्थ आइसीसी सदस्य शनि कुमार ओलीले एनआरएनएमा संगठनात्मक समस्या पैदा भएको र यो समस्या समाधान गर्न वर्तमान नेतृत्व असफल भएको बताए । एनसीसी कतारका अध्यक्ष मोहम्मद मुक्तदाले एनआरएनए आइसीसीमा देखिएको समस्या आइसीसीबाट मात्रै नभएर एनसीसीबाट नै सुरुवात भएको बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।