मोटरसाईकल दु,र्घटना हुदा १ मृत्यू, २ घा,ईते

झापा, पौष १० गते । झापाको कचनकवल गाउँपालिका-२ स्थित सडक खण्डमा दुई ओटा मोटरसाईकल ठ,क्कर लागि दु,र्घटना हुँदा १ जनाको मृ,त्यू र २ जना घा,ईते भएका छन । मृ,त्यू हुनेमा झापा कचनकवल गाउँपालिका-४ का ४० बर्षिय शेषलाल राजबंशी रहेका छन । आज दिउसो साढे बाह्र बजे WB 74P 9717 नम्वरको मोटरसाईकल र मे.४प ९५०० नम्वरको मोटरसाईकल ठ,क्कर लागि दु,र्घटना हुँदा घा,ईते भएका सोहि स्थानका २७ बर्षिय शिवलाल माझी र ४४ बर्षिय सजन राजवंशी र ४० बर्षिय शेषलाल राजबंशीको ओमसाई पाथिभरा अस्पताल भद्रपुरमा उपचार भईरहेकोमा शेषलालको उपचारको क्रममा मृ,त्यू भएको हो । घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको छ ।

यो पनि पढ्नुहोस्.. काठमाडौं। भू,कम्पपछिको पुनर्निर्माण तथा पुनस्र्थापनाको जिम्मा पाएको राष्ट्रिय पु,नर्निर्माण प्राधिकरणको निर्धारित समय र अतिरिक्त थप गरेको समयावधि सकिएसँगै खारेज भएको छ । प्राधिकरणले पु,नर्निर्माण र पुनस्र्थापनासम्बन्धी कतिपय काम सम्पन्न गर्न भने सकेन । त्यस्ता अधुरा रहेका काम विभिन्न निकायलाई जिम्मा लगाइएको छ।प्राधिकरणले विद्यालय भवनतर्फ ७ हजार ५ सय ५३ विद्यालय भवनको पु,नर्निर्माणको लक्ष्य राखेको थियो । प्राधिकरणका अनुसार ६ हजार ६ सय ४७ भवन मात्रै पु,नर्निर्माण सम्पन्न भएको छ । अझै ९ सय ३६ विद्यालय भवन पु,नर्निर्माण तथा पुनस्र्थापना बाँकी रहेको छ।

१ हजार १ सय ९७ स्वास्थ्य संस्थानका भवन पु,नर्निर्माण गर्नुपर्नेमा ७ सय ५१ वटाको मात्रै सम्पन्न भएको छ । अझै ३ सय ५४ भवनको पु,नर्निर्माण हुन सकेको छैन । शिक्षा र स्वास्थ्यजस्तो महत्वपूर्ण क्षेत्रको पु,नर्निर्माण गर्न नै प्राधिकरण असफल बनेको हो । स्वास्थ्य तथा शिक्षाभन्दा सरकारी भवनमा भने प्राधिकरणले अलिक बढी चासो देखाएको पाइएको छ । ४ सय १५ वटा सरकारी भवनको पुनर्निर्माण गर्नुपर्नेमा ३ सय ८८ वटाको सम्पन्न गरेको छ । २० वटाको मात्र बाँकी रहेको पाइएको छ ।सांस्कृतिक सम्पदातर्फ ९ सय २० वटाको पु,नर्निर्माण गर्नुपर्नेमा अझै २ सय ८८ वटाको पु,नर्निर्माण बाँकी रहेको छ । सुरक्षा निकायतर्फ २ सय १६ वटा पु,नर्निर्माण प्राधिकरणमार्फत गर्ने लक्ष्य लिएकोमा सबै पूरा भएको प्राधिकरणले जनाएको छ । ४० लाख नागरिकसँग सरोकार जोडिने काठमाडौं परिसर भने अहिले पनि टेकुमा पाल टाँगेर बस्दै आएको छ ।

आवास पु,नर्निर्माणतर्फ पनि झन्डै डेढ लाखको काम सम्पन्न हुन बाँकी रहेको पाइएको छ । पु,नर्निर्माण लाभग्राहीका लागि अनुदान सम्झौतामा ८ लाख २९ हजार ६६७ ले सम्झौता गरेकोमा तेस्रो किस्ता लिनेको संख्या ७ लाख ३ हजार ३ सय ७ मात्रै रहेको छ ।प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भने यस अवधिमा उल्लेखनीय उपलब्धि हासिल गरेको बताएका छन् । उनले बुधबारको निर्देशक समितिको बैठकमा मात्रै पु,नर्निर्माणबाट प्राप्त उपलब्धिको चर्चा गर्दै विपद् उत्थानशील विकासलाई राष्ट्रिय विकास योजनाको अभिन्न अंगका रूपमा लैजानुपर्ने बताएका थिए ।प्राधिकरणले पु,नर्निर्माणसम्बन्धी कार्य सम्पन्न गर्न नसकेपछि सम्बन्धित विभाग, तथा मन्त्रालयलाई त्यससम्बन्धी कामको जिम्मा दिइएको छ । प्राधिकरणले बिहीबार विभिन्न कार्य, स्रेस्ता तथा कागजात राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई हस्तान्तरण गरेको थियो ।

गृहमन्त्री बालकृष्ण खाँडको प्रमुख आतिथ्यमा पु,नर्निर्माण प्राधिकरण परिसरमा आयोजित ‘हस्तान्तरण तथा बहिर्गमन’ कार्यक्रममा बाँकी दायित्व तथा कागजात हस्तान्तरण गरिएको हो ।प्रधानमन्त्री एवं प्राधिकरण निर्देशक समितिका अध्यक्ष शेरबहादुर देउवाको अध्यक्षतामा बुधबार बसेको निर्देशक समितिको २१औं बैठकले प्राधिकरणबाट हस्तान्तरण भई विभिन्न मन्त्रालय, विभाग एवं निकायमार्फत सम्पादन भइरहेका पु,नर्निर्माण तथा पुनस्र्थापनासम्बन्धी कार्यहरूको सहजीकरण, समन्वय तथा अनुगमनसम्बन्धी कार्य अब राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत् हुने निर्णय गरेको थियो ।

यता, पु,नर्निर्माण प्राधिकरणले प्रत्यक्ष हेरिरहेको धरहरा, सिंहदरबार, रानीपोखरीको शान्तिबाटिका खण्ड, हरिहर भवन तथा नारायणहिटी संग्रहालयअन्तर्गतको रणोद्वीप दरबारको भौतिक निर्माणको कार्य सहरी विकास मन्त्रालयअन्तर्गतको सहरी विकास तथा भवन निर्माण विभागलाई हस्तान्तरण गरिएको छ ।पुनर्निर्माण सम्पन्न भएको रानीपोखरी काठमाडौं महानगरपालिकाको कार्यालयलाई हस्तान्तरण गरिएको छ । केन्द्रीय आयोजना कार्यन्वयन इकाइ (भवन), केन्द्रीय आयोजना कार्यन्वयन इकाइ (शिक्षा) र केन्द्रीय आयोजना कार्यन्वयन इकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार)अन्तर्गत सम्बन्धित स्रेस्ता तथा कागजात सम्बन्धित मन्त्रालय एवं विभागमा हन्तान्तरण भइसकेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकाल शुक्रबारबाटै सकिएको छ । १० पुस २०७२ मा सरकारले प्रमुख कार्यकारी अधिकृतमा ज्ञवालीलाई नियुक्त गरेको थियो । पुनः सरकारले प्राधिकरणको अवधि थप गरेको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।