गोठ सार्दासार्दै हिउँमा फसे बाबुछोरा, ओडारबाटै वडाध्यक्षलाई फाेन- हेलिकोप्टरमार्फत उद्धार गरिदिनुस्

खगेन्द्र अधिकारी /ताप्लेजुङ,१७ पुस ।गोठ सार्ने क्रममा हिमपात भएर हिउँमा फसेका ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-५ पापुङ सिम्बुकका बाबुछोराको उद्धारका लागि हेलिकोप्टरबाहेक अर्को बिकल्प नभएको निष्कर्ष निकालिएको छ ।

ओडारमा बसेका बाबुछोरा शुक्रबार साँझसम्म ‘हिउँको प्रभाव कम होला र घर फर्कन सकिएला’ भनेर खबर गरेको तर शनिबार बिहान पनि फर्कन नसकिएकाेले हेलिकोप्टरमार्फत उद्धार गरिदिन आग्रह गरेको मिक्वाखोला गाउँपालिका-५ का वडाध्यक्ष डण्डु लामाले जानकारी दिए ।

उनका अनुसार पापुङको लोदेन खर्कमा अन्दाजी ५० वर्षीय लाक्पाटाँसी शेर्पा र उनका १५ वर्षीय छोरा पासाङ छिरिङ शेर्पा थुनिएका हुन् ।

लाक्पाटाँसीले शनिबार बिहान फोन गरेर आफूहरु हिउँ छिचोलेर घर फर्कन सक्ने अवस्था नभएकोले हेलिकोप्टर पठाइदिन माग गरेको वडाध्यक्ष लामाले जानकारी दिए । हिमपहिरोले लाक्पाटाँसीका २५ वटा याक पनि बगाएर लगेको बताए ।

लाक्पाटाँसीले आफूहरु रहेको ओडारको केही माथिसम्मकाे भाग रहेको देखेको र त्यहाँ हेलिकोप्टर बस्न सक्ने जानकारी गराएको बताए । यदि हेलिकोप्टर बस्न सक्ने अवस्था नभए हिउँले थुनिएका बाबु छोराका लागि खाना र न्यानो कपडा झारेर फर्कन सक्ने अवस्था रहेको समेत वडाध्यक्ष लामाले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।