प्रतिनिधिसभाको आजको बैठक स्थगित

काठमाडौं १८ पुस(रासस) : प्रतिनिधिसभाको आज बस्ने गरी तय भएको बैठक स्थगित भएको छ । आज दिउँसो १ बजे बस्ने तय भएको बैठक यही पुस २२ गतेसम्मका लागि स्थगित भएको संसद् सचिवालयले जनाएको छ ।

सङ्घीय संसद्का महासचिव भरतराज गौतमले जारी गर्नुभएको सूचनामा ‘विशेष कारणवश’ प्रतिनिधि सभाको बैठक स्थगित भएको उल्लेख छ । सूचनामा लेखिएअनुसार प्रतिनिधिसभा नियमावली २०७५ को नियम(६) को उपनियम (३) बमोजिम प्रतिनिधिसभाको अर्को बैठक पुस २२ गते दिउँसो १ बजे बस्ने गरी निर्धारण गरिएको छ । आजका लागि बोलाइएको कार्यव्यवस्था समितिको बैठक पनि स्थगित भएको जनाइएको छ ।

सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले महाधिवेशन जारी रहेकाले बैठक स्थगित गरिदिन आग्रह गरेपछि बैठक स्थगित भएको बताइएको छ । सो पार्टीको आठौं राष्ट्रिय महाधिवेशन यही पुस ११ गतेदेखि काठमाडौंमा जारी छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।