जोसुकैले गलत गरेको भए पनि कारबाही गरेरै छाड्ने,धर्मशाला देखेर म ‘सक’ भएँ : पर्यटनमन्त्री आले

काठमाडौं, २ माघ /संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले पशुपतिनाथ क्षेत्र परिसरमा बनाइएको धर्मशाला देखेर आफू ‘सक’ भएको बताएका छन् । छानबिन समितिका सदस्य, पशुपति क्षेत्र विकास कोषका पदाधिकारीसहित पशुपति क्षेत्रमा आइतबार बतास अर्गनाइजेशनले व्यवस्थापनको जिम्मेवारी लिएको धर्मशालाको निरीक्षणपछि मन्त्री आलेले धर्मशाला त सेभेन स्टार होटेलजस्तो देखेर आफू सक भएको बताएका हुन् ।

छानबिन समितिले सोमबार प्रतिवेदन बुझाएपछि सबै सत्यतथ्य बाहिर ल्याउन बताएका मन्त्री आलेले धर्मशालामा सस्तो र सर्वसुलभ हुनुपर्नेमा एउटा कोठामा एक जना बस्दा पाँच हजार ५०० र दुई जना बस्दा ११ हजार रुपैयाँ लिने गरिएको देखिएको बताए । आफूले राजनीतिक प्रतिशोध कसैमा नसाँधेको बताएका उनले जोसुकैले गलत गरेको भए पनि कारबाही गरेरै छाड्ने प्रतिबद्धता जनाए ।

मिथिलामा ‘लाई’ को मौसम
–गोपालप्रसाद बराल
महोत्तरी, २ माघ (रासस)ः महोत्तरीसहितका मिथिला क्षेत्रमा अहिले ‘लाई’ को मौसम छ । माघ एक गते तिलासक्रायत (माघे सङ्क्रान्ति) पर्व सकेपछि मिथिलामा ‘लाई’ को मौसम सुरु हुन्छ । मिथिला क्षेत्रका घरघरै अहिले तिल, चिउरा, जुनेलो र मुरिका ‘लाई’ (लड्डू) बटार्ने (बनाउने) चटारो छ । शनिबार तिलासक्रायत (माघे सङ्क्रान्ति) पर्व मनाइएसँगै अब पर्वको सनेस (कोसेली) नातेदारका घरमा पु¥याउने परम्परा रहेकाले त्यसको तयारीमा मिथिलानी (मिथिलाका नारी) को व्यस्तता बढेको हो ।

विवाहित छोरी, दिदीबहिनी, पूmपू , दोस्त (मित) र अन्य आफन्तकहाँ पर्वको सनेस पठाउने स्थापित मैथिल परम्पराले मिथिलानी ‘लाई’ बनाउन व्यस्त देखिएका हुन् । माघ लागेसँगै बिहानैदेखि पारिलो घाम लागेपछि सनेस पठाउन सजिलो भएको मिथिलानी बताउँछन् । “बिहानदेखि नै पारिलो घाम लाग्न थालेको छ”, मौसममा आएको सुधारले दङ्ग पर्नुभएकी भङ्गाहा–४ थारुटोल बनराकी गृहीणी सुथरी चौधरी थारुले भन्नुभयो, “अब सनेस बनाउन, पठाउन सजिलो भयो ।”

सामान्यतया माघ लागेपछि चिसो घट्ने र घाम तात्दै जाने यहाँ आम अड्कल गरिन्छ । पहिलो दिन घर र छिमेकीबीच पर्व मनाएपछि मिथिलानीको अब विवाहित चेलीबेटी र मित÷मितिनीकहाँ सनेस पठाउन ‘लाई’ बटार्ने व्यस्तता बढेको छ । तिलासक्रायत घरमा मनाइएपछि तील, चिउरा, जुनेलो र मुरिका ‘लाई’सहितका मिष्टान्न परिकार नातेदारका घरमा पु¥याउने परम्परा रहेकाले त्यसको तयारीमा मिथिलानीहरुको व्यस्तता बढेको हो । विवाहित छोरी, दिदीबहिनी, पूmपू , दोस्त (मित) र अन्य आफन्तकहाँ पर्वको सनेस पठाउने स्थापित मैथिल परम्पराले यस क्षेत्रमा अहिले ‘लाई’ को मौसम छाएको छ ।

“आजै सानो छोरालाई पवनी (पर्व) को सनेस लिएर छोरीकहाँ पठाइयो”, भङ्गाहा–४ थारुटोल बनराकै अर्की गृहिणी रामसुनरदेवी थारुले भन्नुभयो, “अब ननद (नन्द) र दोस्त (मित) को घरमा जान थप सनेस बनाउनुछ ।” घरमा पर्व मनाइएपछि नाता कुटुम्ब र आफन्तकहाँ सनेस लगिने चलनले यहाँ घर÷घरमा अहिले तिल, जुनेलो, मुरी र चिउराका ‘लाई’ बनाउने चटारो नै छ । मिथिलामा फागुन १५ सम्म घरको खाजामा पनि मुरी, चिउरा र ‘लाई’ खाइने गरिन्छ । पर्वमा घरका परिवारजन, छिमेकी र आफन्तलाई समेत ख्वाइने र यी परिकार हिँउदभरि नै खाजा खाइने परम्पराले पनि अहिले अझै केही दिन घर–घरमा ‘लाई’ बनाउने चटारो रहने बर्दिवास–९ पशुपतिनगरकी शैलदेवी महतोले बताउनुभयो ।

विशेषगरी जाडोयाममा सख्खर, घीउ र खुवाका परिकार खाँदा स्वास्थ्य ठिक रहने भएकाले माघे सङ्क्रान्तिदेखि फागुन १५ सम्मको जाडोबीच यी सामग्री मिसाएर बनाइने तील, जुनेलो, चिउरा र मुरीका ‘लाई’ खाने, ख्वाउने प्रचलन मैथिल संस्कृतिको अङ्ग नै बनेको भनाइ बर्दिबास अस्पतालका जनस्वास्थ्य निरीक्षक रामबाबु यादवको छ । अहिले यस क्षेत्रमा आफ्नो सावगासअनुसार सबैजसो गृहिणी घरमा ‘लाई’ बनाउन लागि परेका छन् ।

सनेस पठाउने स्थापित परम्परा र आफ्नै घरको खानपिनमा यी परिकार रोजाइँका बनेपछि मिथिलामा हिँउदभरि ‘लाई’को मौसम हुने गरेको यहाँका बुढापाका बताउँछन् । मिथिलामा कात्तिक शुक्लपक्षमा मनाइने छठ पर्व र माघ एक गते मनाइने तिलासक्रायत पर्वको कोसेली महिनैभरि पु¥याउने परम्परा छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖